काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुनेछ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हो।
नेपालले महासभामा जलवायु परिवर्तन, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभाव लगायतका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्यूयोर्क पुगिसक्नुभएको छ र विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुनुहुनेछ।










Discussion about this post