काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
भुटानी प्रधानमन्त्री तोब्गेसँगको भेटमा नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भुटानको साथ र सहयोग रहने बताउनुभएको थियो। भेटमा नेपाल–भुटान सम्बन्ध, व्यापार, उड्डयन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको छ।
त्यस्तै, ईयू उपाध्यक्ष रिबेरासँगको भेटमा नेपाल–ईयू साझेदारी तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनरुत्थान, पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको छ।










Discussion about this post