Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका आचार्य कृष्णबहादुर दमाईले आफ्नो गाउँमा ‘दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने सपना रहेको बताउनुभएको छ।

सरकारी जागिरसँगै धार्मिक कर्मलाई पनि निरन्तरता दिइरहनुभएका कृष्णबहादुरले दलित समुदायका युवाहरू विज्ञान, प्रविधि र अर्थशास्त्रसँगै संस्कृत तथा कर्मकाण्डको अध्ययनमा पनि अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले आफ्नो गाउँमै दलित समुदायका युवालाई संस्कृत, वेद तथा कर्मकाण्डको शिक्षा दिने पाठशाला स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो। “म एक्लैले मन्दिरमा टीका लगाउँदैमा समाज परिवर्तन हुँदैन। म हजारौँ कृष्णबहादुर जन्माउन चाहन्छु, जसले मन्दिरका ढोकाहरू सबैका लागि सधैँका लागि खुला गराउनेछन्,” उहाँको भनाइ छ।

जातकै आधारमा पण्डित हुने परम्परालाई चुनौती दिँदै कृष्णबहादुरले संस्कृत अध्ययनमा उच्च शिक्षा हासिल गर्नुभएको छ। कथित जातीय विभेदका कारण कुनै समय मन्दिरमा टीका लगाउनसमेत अस्वीकार गरिनुभएका उहाँ अहिले धार्मिक अनुष्ठान तथा शास्त्रको व्याख्यामा सक्रिय हुनुहुन्छ।

विवाह, व्रतबन्ध, न्वारान, पूजा–पाठलगायत धार्मिक संस्कारमा सक्रिय कृष्णबहादुरले कर्मकाण्डलाई केवल धार्मिक संस्कारका रूपमा मात्र नभई जातीय विभेदविरुद्धको अभियानका रूपमा समेत अघि बढाइरहनुभएको छ।

उहाँका अनुसार सबै मानिस समान हुन् र ईश्वरमा विश्वास गर्ने हो भने सबैप्रति समान व्यवहार हुनुपर्छ। यही सन्देशसहित उहाँले धार्मिक कर्ममार्फत समाजमा समानता र सद्भावको भावना फैलाउने प्रयास गरिरहनुभएको छ।

उहाँको सरल शैली, ज्ञान र सामाजिक सन्देशबाट प्रभावित भएर विभिन्न समुदायले धार्मिक कार्यका लागि उहाँलाई आमन्त्रण गर्ने गरेका छन्। कृष्णबहादुरको अभियान कुनै व्यक्ति वा समुदायविरुद्ध नभई समाजमा जरा गाडेर बसेको जातीय विभेद र कुसंस्कारविरुद्ध रहेको उहाँ बताउनुहुन्छ।

आज आचार्य कृष्णबहादुर दमाई केवल कर्मकाण्ड गर्ने व्यक्तिका रूपमा मात्र नभई जातीय विभेद अन्त्य र सामाजिक समानताको सन्देश फैलाउने सांस्कृतिक अभियन्ताका रूपमा समेत स्थापित हुँदै जानुभएको छ। उहाँले देखेको ‘दलित कर्मकाण्ड पाठशाला’को सपना पूरा भएमा संस्कृत तथा कर्मकाण्ड शिक्षामा दलित समुदायका युवाको सहभागिता थप विस्तार हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३
भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो
विचार/ब्लग

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

अशोज १७, २०८३
दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

दशैं बिदामा विद्यार्थी लक्षित सात दिने आवासीय प्रशिक्षण सञ्चालन गर्दै हिन्दू स्वयंसेवक संघ

अशोज १७, २०८३
गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड

गेलको कीर्तिमान तोड्दै प्रेटोरियसले बनाए १८८ रन, टी–२० मा नयाँ रेकर्ड

अशोज १७, २०८३
फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

अशोज १७, २०८३
विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

अशोज १७, २०८३
ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता

ललितपुरका सम्पदा र संस्कृति संरक्षणमा आवश्यक कानून बनाउने सभामुख अर्यालको प्रतिबद्धता

अशोज १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व