कञ्चनपुर । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कञ्चनपुरको जिल्ला अध्यक्षमा नीराजन थापा सर्वसम्मत चयन हुनु भएको छ ।
नेपाली काँग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा आज शनिवार सम्पन्न प्रथम अधिवेशन बाट थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा नवीन भट्ट, सचिवमा पुष्कर राज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन् । त्यसै गरी समितिको सदस्यमा श्रीकृष्ण भट्ट,कृष्ण दत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की चयन भएका छन् ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाली काँग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहनु भएको थियो।