सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक बैतडीकी रविना चन्द सम्मानित

कञ्चनपुर । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की १९ वर्षिय सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ।

बिहिबार कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा नेपाल यातायात मजदुर सङ्घ कञ्चनपुरले सुदूरपश्चिम प्रदेशकी एक मात्र महिला सार्वजनिक सवारी चालक रबिना चन्दलाई एक कार्यक्रमको बिच सम्मान गरेको हो ।

चन्दले घरमा गाडी भएपनी सवारी चालक नहुँदा समस्या बेहोर्नु परेपछि आफूले चालक बन्ने सोच बनाएको बताइन् । यातायातको साधन घरमा भएतापनी ड्राइभर पाउन समस्या हुने र पाए पनि आउँदै छोड्दै गर्ने समस्याले आफूले गाडी चलाउन सिकेर यस क्षेत्रमा आएको उनले बताइन् ।

नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको बताएका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds