Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कोड फर चेन्ज–फारवेस्टको आयोजनामा ‘कोड फेस्ट : प्रोभिन्सियल लेभल आइडियाथन एन्ड आइडिया शोकेस’ सम्पन्न भएको छ। शनिबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्ने युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा टिम टेम्पेस्ट ट्रान्जिस्टर्स प्रथम हुँदै विजेता बनेको छ। विजेता टिममा गौरव कठायत, कृतिक श्रेष्ठ, गजेन्द्र अवस्थी र प्रदीप पन्त रहेका छन्।

त्यस्तै टिम सेफ नेपाल प्रथम रनरअप र टिम फारवेस्टियन द्वितीय रनरअप बनेका छन्। सेफ नेपालमा शेखर सिंह रावल, सन्देश जोशी र सोमराज जोशी तथा फारवेस्टियनमा नितेश जोशी, उज्ज्वल सिंह महता, बृजला पाण्डे र आरती भट्ट रहेका छन्।

प्रतियोगितामा डा. गम्भीरबहादुर चन्द, उमेशराज पाण्डेय र सन्तोष बिष्ट निर्णायक रहेका थिए। कार्यक्रममा कोड फर चेन्ज–फारवेस्टकी प्रोजेक्ट लिड नेहा जोशीको सभापतित्व तथा सुदूरपश्चिम विश्वविद्यालयकी सहायक प्राध्यापक डा. निशा भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा कोड फर चेन्ज–फारवेस्टको आधिकारिक लोगो डिजाइनमा योगदान पुर्‍याएको भन्दै जनसम्पर्क प्रमुख रवि भट्टलाई प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै उमेशराज पन्त, तेकेन्द्रप्रसाद जोशी र डा. प्रकाश दत्त भट्टलाई विशेष योगदानका लागि विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा एसएनएससी आईटी क्लब, एसएनएससी इको क्लब, युथम्यापर्स एफडब्लूयू, नास्ट आईटी क्लब, आईसीईसी, एसओईएस तथा साइबर सेक्युरिटी क्लबले सामुदायिक साझेदारका रूपमा सहकार्य गरेका थिए। कार्यक्रमको सञ्चालन कोड फर चेन्ज–फारवेस्टका पूर्व प्रोजेक्ट लिड रोहित पालले गरेका थिए।

आयोजकका अनुसार कोड फेस्टको उद्देश्य युवाहरूमा प्रविधि, सिर्जनशीलता, समस्या समाधान तथा नवीन विचार विकास गर्ने क्षमता अभिवृद्धि गर्दै उनीहरूका नवीन अवधारणालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ
कन्चनपुर

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व