कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई खेलकुद पोसाक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई खेलकुद पोसाक तथा खेलकुद सामाग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
आज आइतबारदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने सिद्धनाथ अमर माध्यमिक विद्यालयका खेलाडीलाई खेलकुद पोसाक सहित विभिन्न खेलकुद सामाग्री प्रदान गरिएको भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्।
वडाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक मात्रै विद्यालय सहभागी हुने भएकाले उत्प्रेरणाका लागि खेलकुद पोसाकदेखि सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष थापाको भनाई रहेको छ। वडाबाट खेलकुद सामाग्री देखि पोसाक पाएपछि खेलाडी विद्यार्थी समेत उत्साहित भएका छन् ।