कञ्चनपुर – ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस मङ्गलवार काठमाण्डौ आइपुग्ने भएका छन्। यसअघि शुक्रवार नेपाल आउने तय भएकोमा बिरामीका कारण उनको भ्रमण स्थगित भएको थियो।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अतिथिका रूपमा उनी काठमाण्डौ आउन लागेका हुन्। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको एनएसएलको बुधवार हुने दोस्रो क्वालिफायर खेल उनले रङ्गशालामा पुगेर अवलोकन गर्नेछन्। साथै, मङ्गलवार साँझ उनले ठमेलको एलओडी क्लबमा विशेष उपस्थिति जनाउने कार्यक्रम रहेको छ।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा रोबर्टो कार्लोस टिमका प्रमुख खेलाडी थिए। उनले १२५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लब फुटबलमा ७५६ खेलबाट ९७ गोल हासिल गरेका छन्।









Discussion about this post