कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटले पराजित गरेको छ। हिजो वाङखेडे स्टेडियममा भएको दोस्रो खेलमा चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो। चेन्नईका रविन्द्र जडेजाले ५३ र शिवम दुबेले ५० रन जोडे। मुम्बईका जसप्रित बुम्राहले २ विकेट लिए।
जवाफमा मुम्बईले १५.४ ओभरमा १ विकेट गुमाएर १७७ रनको लक्ष्य पूरा गर्यो। रोहित शर्माले अविजित ७६ र सूर्यकुमार यादवले अविजित ६८ रन बनाए। चेन्नईका रविन्द्र जडेजाले १ विकेट लिए। यो जितसँगै मुम्बई ८ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ भने ४ अङ्कसहित चेन्नई पुछारमा छ।
यसैबीच, हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पन्जाब किङ्ग्सलाई ७ विकेटले हरायो। मुल्लनपुरमा पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १५७ रन बनायो। डेभिड पाण्ड्याले ३३ रन जोडे। बेङ्गलुरुका सुयस शर्मा र क्रुनाल पाण्ड्याले २–२ विकेट लिए।
१५८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८.५ ओभरमा ३ विकेट गुमाएर १५९ रन बनायो। विराट कोहलीले ७३ र देवदत्त पडिक्कलले ६१ रन बनाए। पन्जाबका अर्शदीप सिंह, हरपित ब्रार र युजवेन्द्र चाहलले १–१ विकेट लिए। यो जितसँगै १० अङ्कसहित बेङ्गलुरु तेस्रो स्थानमा फर्किएको छ भने समान अङ्क भएको पन्जाब चौथो स्थानमा छ।









Discussion about this post