कञ्चनपुर । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरिले निर्माणाधिन मझगाउँ विमानस्थलको अनुगमन गर्नुभएको छ। शुक्रबार वन मन्त्री शाहीले निर्माणाधिन मझगाउँ विमानस्थल निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको हो।
भीमदत्त नगरपालिकाको १५% , दोधाराचाँदनी नगरपालिकाको १०% गरि २५% , सुदूरपश्चिम प्रदेश सरकारको २५% र सङ्घीय सरकार नागरिक उड्डयन प्राधिकरणको ५०% लगानीमा पुनः निर्माण कार्य भैरहेको मझगाउँ विमानस्थलको वन मन्त्री ऐनबहादुर शाही ठकुरी सहितको टोलीले अनुगमन गरेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन्।
अनुगमन गर्दै वन मन्त्री ऐनबहादुर शाही ठकुरिले निर्माणकार्यमा देखिएका बाधा अड्चन फुकाउन सदैव अग्रसर रहने प्रतिबद्धता गर्नुभएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीन राज ओझाले जानकारी दिनुभएको छ।
मन्त्री शाही सँगै अनुगमनमा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु विभागका महानिर्देशक डा. राम चन्द्र कँडेल समेत उपस्थित हुनुभएको थियो।
अनुगमन पश्चात मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक पूर्व डिएफओ रमेश बहादुर चन्द, सचिव राजेन्द्र बहादुर चन्द, सदस्य सिद्ध राज भट्ट, होटल व्यावसायी सङ्घका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी परमानन्द भण्डारीले नेपाल सरकारका वन मन्त्री शाही लाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह बिष्ट सहितको उपस्थितिमा वन मन्त्री शाहीले पुनः निर्माण भइरहेको मझगाउँ विमानस्थलको अनुगमन गर्दै निर्माणकार्यमा देखिएका समस्या समाधानको लागि आफू तत्पर रहेकाले नागरिक उड्डयन प्राधिकरणका महेन्द्रनगर विमानस्थल योजना प्रमुखलाई आफूसँगै काठमाडौँ आउन निर्देशन समेत दिएको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ।
यस्तो छ मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिले बुझाएको ध्यानाकर्षण पत्र