कञ्चनपुर – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
दिउँसोको मौसम: देशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली हुने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका हिमाली क्षेत्रमा पनि थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातको मौसम: पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली हुने देखिन्छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
विभागले सम्भावित चट्याङ र हल्का वर्षाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।
Discussion about this post