कञ्चनपुर – उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले जिल्लाका बाढीपीडितका लागि खाद्यान्न राहत सहयोग गरेको छ । बाढीपीडितका लागि वाणिज्य सङ्घले खाद्यान्न राहत सहयोग गरेको हो । लगातार चारदिन भीषण रुपमा आएको वर्षाले जिल्लाभरीका आधिकांश गाउँबस्ती कटान डुबानको शिकार बनेका छ्न् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले जिल्लाभरीका बाढीपीडितलाई तत्काल एक सय क्विन्टल चामल सहयोग दिएको बताए । वाणिज्य सङ्घका अध्यक्ष जोशीले समाजिक उत्तरदायीका लागि विपद्का बेला सक्दो सहयोग गरेको बताए ।
अध्यक्ष जोशीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई राहत सामाग्री सहयोग गरेको बताए । यस अघि वाणिज्य सङ्घले भीमदत्त नगरपालिका १८ का बाढीपीडितलाई समेत खाद्यान्न वितरण गरिएको छ ।
वाणिज्य सङ्घले जिल्लाभरीका उद्योगी व्यवसायीका क्षतिग्रस्त विवरण सङ्कलन गर्न लागिएको अध्यक्ष जोशीले बताए । ‘बाढीले हाम्रा हजारौँ उद्योगी, व्यवसायी पनि पीडित भएका छन्, ‘अध्यक्ष जोशीले भने, ‘उनीहरूलाई आफ्नो क्षतिको विवरण बारे प्रहरीसँग मुचुल्का उठाउन भनेका छौँ ।’