सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसबिआई बैंकको शिवनाथ शाखाद्वारा ग्राम प्रकाश बहुमुखीमा वित्तिय साक्षरता कार्यक्रम

कञ्चनपुर – एसबिआई बैंक शिवनाथ शाखा बैतडीद्वारा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल एसबिआई बैंकको शिवनाथ शाखाले शिवनाथ गाउँपालिका स्थित ग्राम प्रकाश बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे

बैंकले शुक्रबार वित्तिय साक्षरता सम्बन्धी जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो । बैंकका कार्य बाहक शाखा प्रबन्धक  सुरज भट्टले एक दिने वित्तिय साक्षरता कार्यक्रममा विद्यार्थीलाई अभिमुखीकरण गरिएको बताए ।

उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरिएको हो । उनका अनुसार वित्तिय साक्षरता कार्यक्रम अन्तरगत बैंक, बैङ्किङ सेवा, त्यसको पहुँच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिइएको छ । कार्यक्रममा बैंकका शाखा प्रबन्धक चन्द्र झा, क्याम्पस प्रमुख महामल सिंह साउद लगायत शिक्षकहरूको सहभागिता रहेको थियो ।

 

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.