Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी: संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अहिले गृह जिल्ला बैतडीमा हुनुहुन्छ । जिल्लामा आयोजीत विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गर्नुभएको छ । उहाँले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको बताउनुभयो । रोजगारी श्रृजना गर्नका लागि स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजीत कार्यक्रहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरि त्यसको व्यवस्थापनमा लागिरहेको बताउनुभयो । जिल्ला स्थीत विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको उहाँको भनाई छ ।
उहाँले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रतिवद्धता व्यक्त गनुभयो । अहिले यी खानीहरु भएको ठाउँमा सडक पु¥याउन समेत केहि अवरोध श्रृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उहाँको भनाई छ । रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले आफ्नो आँखा अगाडीको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताउनुभएको छ ।
उहाँले सरकारी बजेटमा स्थापीत योजनाहरुको पुर्ण उपयोग नभएको बताउनुभयो । “हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।” वर्तमान सरकारले व्याक्तिवादी योजनाहरु नबनाउने उहाँको दावी छ ।
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानिय स्तरमै गर्नुपर्ने र त्यसको पुर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसका साथै जडिबुटि संकलन, प्रसोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्ने बताउनुभयो । सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रम मार्फत रोजगारी श्रृजना भैरहेको उहाँको भनाई छ ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनलाई उपयोग गरि रोजगारी श्रृजना गर्नमा आफुले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाई छ । चालु आर्थिक बर्षमा नपरेका तर अत्यावश्यक योजनाहरु आगामी बर्षमा पर्ने उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले सबै सरकारी क्षेत्रमा शुसासन कायम गर्ने बताउनुभयो । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर कामगर्ने बताउनुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व