Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी: दशरथचन्द खेलमैदान सुन्दरखाली पिच गरिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द खेलमैदान सुन्दरखालीमा टर्फ पिच निर्माणको काम भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा उक्त मैदानमा टर्फ पिच निर्माण भइरहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

एक महिनामा पिच निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको उनले बताए । पिच निर्माणपछि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा सहज हुने बताइएको छ ।

क्यानले पिच निर्माणका लागि एकजना क्युरेटर समेत पठाएको छ । सातवटै प्रदेशको एक÷एक मैदानमा टर्फ पिच बनाउने क्यानको निर्णयअनुसार सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । पिच निर्माणका लागि क्यानले क्युरेटरका रूपमा रमेश ओडलाई पठाएको र एकमहिनाभित्रै निर्माण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

सुन्दरखाली मैदानमा दुईवटा टर्फ पिच बनिरहेका हुन् । बैतडी जिल्ला क्रिकेट संघले सञ्चालन गर्ने यसपछिका सबै प्रतियोगिता सुन्दरखालीमा खेलमैदानमै हुने अध्यक्ष चन्दले बताए । टर्फ पिच निर्माणपछि यहाँ प्रतियोगिता सञ्चालन हुँदा खेलाडीलाई निकै फाइदा पुग्ने उनले बताए ।

ग्रास रूट तथा जिल्लास्तरबाटै टर्फ पिचबाट खेलेको खेलाडीले माथिल्लो लेभलको क्रिकेट खेल्दा आत्मबल बढ्ने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक क्यानको मातहत रहेको मैदानमा टर्फ पिच बनिरहेको हो ।

यसअघि प्रदेशका विभिन्न स्थानमा रहेको मैदानमा टर्फ पिच बनेपनि कुनै एक प्रतियोगिता सञ्चालनका लागि बन्ने पछि मर्मतसम्भार र संरक्षण हुन सकेका थिएनन् । सुन्दरखालीमा टर्फ पिच बनेपछि क्रिकेट संघले मर्मत र संरक्षण गरेर दीर्घकालीन रूपमा प्रतियोगिता सञ्चालनका लागि योग्य बनाइने बैतडी जिल्ला क्रिकेट संघले दाबी गरेको छ ।

टर्फ पिच बन्दा क्रिकेटमै भविष्य खोजिरहेका खेलाडी पनि उत्साहित र खुसी भएका छन् ।

क्रिकेटको मुख्य आधारशिला जिल्लास्तर नै रहेकोले नेपाल क्रिकेट संघले पनि जिल्लाबाटै क्रिकेट विकासमा ध्यान दिएको जनाएको छ । ग्रासरूटबाटै क्रिकेटको विकासका काम भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । -सगुन खबरबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व