कति पटक रोए कति पटक दुखे थाहा छैन
कहाँ पुग्न मान्छे आज कहाँ पुगे थाहा छैन
फुलकै सङ्गत गर्न खोज्दा पनि काडा आए
कहाँ घोचे ती तिखा काडहरूले थाहा छैन
बगिरहनु जिन्दगी रहेछ ठोक्किएर टुक्रिएर
गन्तव्यमा पुग्न सफल हुने नहुने थाहा छैन
कसैले सपना कसैले श्रम लुट्दै लुट्दै लगे
कहाँ लुटिए म कसले के के लुटे थाहा छैन
केही न केही गल्ती भयो मबाट पक्कै पनि
कहाँ बिराए मैले स्वयं कहाँ चुके थाहा छैन









Discussion about this post