Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ब्रह्मदेव–टनकपुरलाई धार्मिक नाकाकै रूपमा सञ्चालनमा जोड, दुई देशबिच सम्बन्ध सुदृढ गर्ने अवसर

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २२, २०८१
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल र भारतबिचको टनकपुर–ब्रह्मदेव नाकालाई धार्मिक नाकाको रूपमा विकास गर्नुपर्ने आवाज उठेको छ। शुक्रवार ब्रह्मदेवमा दुई देशका अधिकारी र स्थानीयबिच भएको छलफलमा यो नाकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रस्ताव अगाडि सारिएको हो। स्थानीयले टनकपुर र ब्रह्मदेवलाई धार्मिक मार्गको रूपमा विस्तार गरी नेपाल–भारतबिचको सम्बन्ध थप बलियो बनाउनुपर्ने बताएका छन्।

भारतको उत्तराखण्डमा रहेको पूर्णा गिरि मन्दिर र नेपालको सुदूरपश्चिममा रहेका ब्रह्मदेव सिद्धनाथ तथा महेन्द्रनगर सिद्धबाबा मन्दिर दर्शनका लागि वर्षौँदेखि तिर्थालुहरू आवतजावत गर्छन्। तर, टनकपुर बाँधसँगै बनेको पुलमा चार पाङ्ग्रे सवारी सञ्चालन नहुँदा समस्या झेल्नुपरेको छ। तीन दशकअघि बनेको यो पुलमा हाल पैदल यात्री, साइकल र मोटरसाइकल मात्र चल्न दिइएको छ, जसले धार्मिक, पर्यटकीय र व्यापारिक गतिविधिलाई प्रभावित गरेको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले भारतीय पक्षले पुल सञ्चालनमा ढिलाइ गरेको गुनासो गरे। “महेन्द्रनगरदेखि टनकपुरसम्म १३ किलोमिटर लिङ्क रोड बनेको छ, तर पुल सञ्चालन नहुँदा फाइदा लिन सकिएको छैन,” उनले भने, “यो नाकालाई त्रिदेशीय मार्गको रूपमा पनि विकास गर्न सकिन्छ, तर भारतीय पक्षको सहयोग जरुरी छ।”

गत फागुनको सुदूरपश्चिम महोत्सव र चैतमा देहरादुनको व्यापार मेलामा उत्तराखण्डका मन्त्री सतपाल महाराज र मुख्यमन्त्री पुष्कर सिंह धामीसँग छलफलपछि भारतीय सिँचाइ विभागले सम्भाव्यता अध्ययन गरेको उनले बताए।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशव सिंह नायकले पूर्णा गिरि दर्शनपछि सिद्धनाथ मन्दिर पुग्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय तिर्थालुहरू नेपाल आउने गरेको बताए। “तर, चार पाङ्ग्रे सवारी नचल्दा धेरै तिर्थालु फर्किन्छन्, जसले ब्रह्मदेवको व्यापार र पर्यटनमा असर परेको छ,” उनले भने। उनले दुवै देशका सरकारले यो नाकालाई सहज बनाउन पहल गर्नुपर्ने माग राखे।

ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले धार्मिक पर्यटकका लागि नाका खुला हुनुपर्ने बताए। यस्तै, नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष कृष्णप्रसाद पाठकले पूर्णा गिरि मेला र नवरात्रिमा दुवै देशका तिर्थालुको आवागमन हुने भएकाले नाकालाई धार्मिक मार्ग बनाउनुपर्नेमा जोड दिए। “मेरो तर्फबाट पहल गर्छु, तर प्रदेश र केन्द्र सरकारको साथ चाहिन्छ,” उनले भने।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले गड्डाचौकी र ब्रह्मदेवका पुल २४सै घण्टा खुला हुनुपर्ने बताए। “पुल बन्द हुँदा आर्थिक र सामाजिक गतिविधि प्रभावित छन्,” उनले भने।

भारतको उत्तराखण्ड सिँचाइ विभागका प्रमुख इन्जिनियर सञ्जीव कुमार श्रीवास्तवले स्थानीयको मागबारे आफ्नो टोलीले मन्त्री र प्रदेश सरकारलाई जानकारी गराउने प्रतिबद्धता जनाए। “हामीले यहाँको कनेक्टिभिटीको अनुगमन गरेका छौँ, हाम्रो स्तरबाट हुने काम गर्छौँ,” उनले भने, “नाका २४सै घण्टा खुल्दा दुवै देशलाई फाइदा हुन्छ।”

टनकपुर–ब्रह्मदेव नाकालाई धार्मिक मार्ग बनाउन स्थानीयदेखि सरकारी तहसम्मको सहकार्य जरुरी देखिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व