बैतडी : उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले र स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको बताउनुभएकाे छ।
मंगलबार बैतडीको पाटन नगरपालिका २ स्थित सिद्धनाथ माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले छोटो समयमा सरकार बदलीरहेका कारणले विकासमा पनि बाधा पुगेको बताउनुभयो । “दिगो विकासका लागि स्थायीत्व नै चाहिन्छ, त्यसपछि मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयाे, “राजनितिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि त्रुटी छ, यसलाई प्नि सच्याउनु पर्नेछ।”
बैतडीबाट प्रतिनिधित्व गरेर मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीले बताउनुभयाे । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गररहेको बताउदै भण्डारीले आधारभूत विकासका संरचना, विकासका आयोजना, शिक्षाका लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताउनुभयाे ।
बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत भण्डारीकाे दाबी छ ।

जिल्ललाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको मन्त्री भण्डारीले बताउनुभयाे ।
कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकार पूर्व सहमती अनुसार नै अघि बढेको बताउनुभयाे। डेढ वर्षपछि कांग्रेसले यस सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

वर्तमान सरकारले विकासका बाधक रहेका एन, कानुनहरुलाई संसोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताउनुभयाे ।
सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २को भौतिक विकासका लागि आफ्नो पहल रहीरहने बताउनुभयाे । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढीरहेको समेत बताउनुभयाे ।
यसैगरी कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य जानकी ऐर बमले शैक्षिक विकासको लागि आफ्नो सक्दो पहल रहने बताउनुभयाे । ‘शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्या छन्, भौतिक पुर्वाधार, शिक्षक दरबन्दीका विषयमा आफ्नो पहल रहनेछ,’ सदस्य बमले भन्नुभयाे ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेकपा एमाले पाटन नगरकमिटि उपसचिव महेश प्रशाद पन्तले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रममा सहभागि मन्त्रीद्वय भण्डारी र पालको हातबाट सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
