कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारको पार्किङ्ग व्यवस्थित पार्नका लागि अभियान शुरु गरिएको छ । भीमदत्त नगरपालिका बजार क्षेत्रको पार्किङ्ग व्यवस्थित पार्नका लागि अभियान शुरु गरिएको हो । बिहीबारदेखि सयुक्त अभियान शुरुवात गरिएको छ ।
भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा पार्किङ्ग व्यवस्थित पार्नका लागि अभियान शुरु गरिएको जनाईएको छ ।
भीमदत्त नगरका उपप्रमुख निलम लेखकले अव्यवस्थितलाई व्यवस्थित बनाउँदै बजार सुुन्दर बनाउने योजनाका साथ संयुक्त अनुगमन गरिएको बताए । ‘हामीले हरेक दिन सात दिन स्थलगत अनुगमन गछौँ, यो अवधिमा सम्झाई बुझाई गछौँ, ‘उनले भनिन, ‘पछि कार्बाही गछौँ।
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले बजार क्षेत्रमा अव्यवस्थित पार्किङ्गबाट निम्तिने समस्या समाधान गर्नका लागि व्यवस्थित पार्किङ्गका लागि अभियान थालिएको बताए । ‘हरेक गल्लीको पछाडी पार्किङ्ग व्यवस्थापनका लागि हामीले संयुक्त पहल थालेका छौँ, ‘उनले भने, ‘एक सातासम्म सचेतना गराउने, अर्को सातादेखि सुधार नभए कार्बाही गछौँ ।’
भीमदत्त नगरका मेयर पदम बोगटीले बजारलाई थप सुन्दर सहजताका लागि पार्किङ्ग अभियान शुरुवात गरिएको बताए । यसका सबै पक्षबाट सहयोग आवश्यक छ ।स्थानीयले निरन्तरतामा जोडदिएका छन । स्थानीय व्यवसायी नरेन्द्र भाट(निशान्त)ले यस अघि बजारमा गरिएका पार्किङ्ग व्यवस्थापन गरिए तर निन्तरतता नभएकाले अब निरन्तरता दिनुपर्ने बताए ।