सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले विविध कार्यक्रमको आयोजना गरेर सम्पन्न गर्यो २९ औं वन्यजन्तु सप्ताह

कञ्चनपुर – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले विविध कार्यक्रमको आयोजना गरेर २९ औं वन्यजन्तु सप्ताह सम्पन्न गरेको छ । नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको  महत्व र दिगो उपयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको वन्यजन्तु सप्ताह कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि विविध कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको हो। 

Sana Kishan

शुक्रवार २९ औं वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा बोल्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले वैशाख १ देखि ७ सम्म विविध कार्यक्रमको आयोजना गरेर वन्यजन्तु सप्ताह मनाइएको  बताएका छन्। साथै उनले साताव्यापी कार्यक्रम अनुसार रानीताल सरसफाइ, निकुञ्जको प्रचार प्रसारका लागी बाह्रसिङ्गा रनिंग शिल्ड खेलकुद प्रतियोगिता तथा सडक नाटकहरू  प्रदर्शन गरिएको बताए । 

साथै  विगत केही महिना देखि गरिएको बाघ र गैँडाको अनुगमन पश्चात प्रेस विज्ञप्ति मार्फत बाघ र गैँडाको नयाँ संख्या समेत सार्वजनिक गरिएको उनले बताएका छन्। हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गरेको अनुगमन अनुसार निकुञ्जमा ४४ बाघ र २३ वटा गैँडा रहेको जनाइएको छ। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.