कञ्चनपुर – वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नेपालभर क्रिकेट प्रवर्द्धन गर्नका लागि “Nepal’s Road to T20 World Cup 2024” आयोजना गरेको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले “Nepal’s Road to T20 World Cup 2024” एक्टिभेसन नेपालभर आयोजना गरिरहेको हो । उक्त कार्यक्रम नेपालका विभिन्न १५ भन्दा बढी शहरहरूमा आयोजना भइरहेको छ ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा “Beat the Speed” रहेको छ । यस “Beat the Speed” मा सहभागीहरूले त्यहाँ अस्थाई रूपमा राखिएको क्रिकेट पिचमा आफूले सकेको गतिमा बलिङ्ग गर्नुपर्ने हुन्छ । त्यस मध्ये सर्वाधिक गतिमा बलिङ्ग गर्न सफल, हरेक शहरहरूबाट एक/एक सहभागिले, नेपाली क्रिकेटलाई गर्नु भएको माया र समर्थनको उपहार स्वरुप, नेपाली क्रिकेट खेलाडीको हस्ताक्षर सहितको जर्सी पाउनेछन्।
त्यसैगरी कार्यक्रमको मुख्य आकर्षणको रुपमा “Beat the Speed” शनिबार महेन्द्रनगरमा पनि सम्पन्न भएको छ । “Beat the Speed” मा महेन्द्रनगरका ५५ जना भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सहभागि मध्ये सर्वाधिक गतिमा बलिङ्ग गर्न सफल नेहाल दास रहेका छन् उनले उपहार स्वरुप नेपाली क्रिकेट खेलाडीको हस्ताक्षर सहितको जर्सी प्राप्त गरेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड महेन्द्रनगर साखाका प्रमुख धनराज ढकालले जानकारी दिएका छन्।
कार्यक्रमले क्रिकेट प्रवर्द्घन मात्र नभई, विभिन्न समुदाय, भेषभुषा, भाषा तथा सम्प्रदायहरूलाई एकै ठाउँमा ल्याई नेपाली क्रिकेट टोलीको विश्वकपको यात्रामा सफलताको लागि हौसला बढाउन मद्दत गरेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड महेन्द्रनगर साखाका प्रमुख ढकालको भनाई रहेको छ। नेपाली क्रिकेट प्रेमीहरूका माझमा सम्पन्न भइरहेको उक्त कार्यक्रमले नेपाली क्रिकेट टोली प्रतिको साथ र मायाको प्रतिनिधित्व गर्न सफल भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको समर्थनमा विशेष रुपमा बनाइएको Road to T20 भ्यान लिई वैशाख २१ गते (मे ३, २०२४) मा धरानबाट सुरुवात गरिएको “Nepal’s Road to T20 World Cup 2024” कार्यक्रम हालसम्म १४ वटा शहरहरूमा सम्पन्न भईसकेको छ ।