कञ्चनपुर – प्रगतिशील लेखक सङ्घ नेपाल जिल्ला शाखा कञ्चनपुरकाे विशेष बैठक बसेको छ। संस्थाका अध्यक्ष धर्मानन्द भट्टकाे अध्यक्षतामा तथा प्रगतिशील लेखक सङ्घका राष्ट्रिय परिषद् सदस्य एवम् कञ्चनपुर जिल्ला ईन्चार्ज गंगाप्रसाद रिजालकाे प्रमुख आतिथ्यतामा शुक्रबार विशेष बैठक बसेको हो।
बैठकले प्रलेस कञ्चनपुरलाई पुनर्गठन गरेको छ । साथै प्रलेस कञ्चनपुरले गणतन्त्र दिवसकाे अवसरमा सन्ध्याकालिन रचनावाचन कार्यक्रम आयोजना निर्णय गरेकाे छ ।
पुनर्गठित गरिएको कार्यसमितिको अध्यक्षमा धर्मानन्द भट्ट, उपाध्यक्षमा सन्ताेष बिष्ट, सचिवमा कैलाशचन्द्र गिरी, सह-सचिवमा प्रेम प्रकाश कलाैनी रहेका छन् भने सदस्यमा राकेश चन्द, चन्द्र बहादुर थापा, जनक कुवँर, नितेश भट्ट छन्। त्यसैगरी सल्लाहकार समितिमा रमेश पन्त मीतबन्धु, वीरबहादुर चन्द, चन्द्रकला पन्त, रामचन्द्र नेपाल, महेन्द्र बहादुर बस्नेत, नारायण लम्साल, पञ्चमराज भट्ट रहेका छन् ।