सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु, एक गम्भिर घाइते

बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु भएको छ। बैतडीमा हजुरबुवाको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले उनलाई कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। अर्का नाति ८ वर्षीय रिजन साउद भने गम्भिर घाइते भएका छन्। उनलाई भने धनगढी रेफर गरिएको छ। अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको जनाइएको छ।

Mahakali Polytechnic

मृतक रेशम क्यान्सरबाट पीडित थिए। विभिन्न अभियान चलाएर उनको उपचार गरिएको थियो। हजुरबुवाको कुटाइबाट घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो। बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। उपहार खबर बाट साभार 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.