सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा बिहान भूकम्प

बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै, बाजुरा नै केन्द्र विन्दु भएर गएको वैशाख २८ गते ४ दशमलव ३, २१ गते ४ दशमलव १, १५ गते ५ दशमलव ९, १४ गते ४ दशमलव ९ र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Mahakali Polytechnic

पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

World Link Ads

पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।

Sana Kishan

जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.