पानी भन्छ बँगू बँगू , हावा मन्छ डुलू ।
तैले भूल्यापनि कठै, मै कसरी भुलू ।।
बुराउँसी फूलन्या बेला, मन त्यसै फुलुन्छ ।
जन लागे डाँडैका हावा, मन सङ्गै डुलून्छ ।।
ढल्की झान्छ बालो जोबन्, उडी झान्छ चोला ।
त देखि म रुन्छु न्याउली, म देखि को रोला ।।
बाज भन्छ चौरेरै उडूँ, न्याउली भन्छ बाँसू ।
मन त भन्छ बेदना छ, दन्त भन्छ हाँसू ।।
शिकारीले पासो हाल्यो, बनमा लुकीलूकी ।
जन रोए बनैकी न्यौली, तुई भन्दा मै दुःखी ।।
रंगिलो पिछौड़ो मेरो, साँटु कि न साँटू ।
हाँसेर पाल्याइको जोवन, रोई कसरी काँटू ।।
खेलन्या बन क्याई भुल्यो होई, पिजरीका चरी ।
सुखको झल्को सपनामा, दुखै जनमभरी ।।
घाँस काटुना हात काटियो, निङाली चोयाले ।
त्याँ माया पुगन्या हो कि, याँ मेरा रोयाले ।।
वर्ष दिनमा रिटी घुमी, फिरुन्छ बसन्त ।
चैत-वैशाखैका मैना, उदासिन्छ मन्त ।।
प्रेम सिंह बिष्ट
दशरथ चन्द नगरपालिका -१०, बैतडी









Discussion about this post