सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा हिमपहिरोमा परेर १ जना बेपत्ता

बझाङमा हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकी छिन् । सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता हुनुभएको हो ।

Sana Kishan

उहाँ सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा सङ्कलन गर्न वैशाख ९ गते घरबाट जानुभएको थियो । दुई÷तीन दिनदेखि लगातार पानीसँगै हिमपात भएपछि बोहरा घर फर्किने क्रममा हिमपहिरोमा परेर बेपत्ता हुनुभएको सुर्मा–१ का वडाध्यक्ष दिनेशबहादुर बोहराले जानकारी दिनुभयो । हिमपहिरोमा परेर घरपालुवा कुकुरसमेत बेपत्ता भएको छ ।

बेपत्ता बोहराको खोजीका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयो । हिमपहिरो गएको ठाउँ टाढा भएका कारण घटनास्थलमा प्रहरी भोलि बुधवारमात्रै पुग्ने उहाँको भनाइ छ । बोहराको साथमा रहेका दुई छोरा भने सकुशल घर पुगेका छन् । डीबी बिष्टले उज्यालो अनलाइनमा लेखेकाछन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.