सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार सातौँ दिन पनि बढ्यो शेयर बजार

लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

Sana Kishan

बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.