सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

Far weast coaching ad
57
Sana Kishan

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।

Arus

चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए । राशिद खानले ३० रन जोडे । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २÷२ विकेट लिए भने तुषार देशपान्डेले १ विकेट लिए ।

Karnali Traders

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । त्यस्तै डेभन कन्वेले ४० रन जोडे । कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएका थिए ।

गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २÷२ विकेट लिए । त्यस्तै नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १÷१ विकेट लिए ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रवार खेल्नेछ ।

शुक्रवार दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।उज्यालो अनलाइन बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.