डोटी – गएराति भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पु¥याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै घटनास्थलमा आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली खटिएको सेनाले जनाएको छ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ रेक्टर स्केलको भूकम्प गएको थियो। डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। आठ घर पूर्णरुपमा भत्किएको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार