कञ्चनपुर डोटीमा लागुऔषधसहित बस चालक पक्राउ परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थसहित बस चालक पक्राउ परेका हुन्।
बडीकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडकबहादुर कलेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु.प.प्र.०१००१ ख २८२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरेको प्रहरीले बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।