Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुलमान घिसिङको निमन्त्रणामा सुस्मिता स्याङतान र टिमको विशेष भेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच विशेष भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार घिसिङकै विशेष निमन्त्रणामा स्याङतान र उनको टिम घिसिङको निवासमा पुगेका थिए।

गायिका स्याङतानले केही समयअघि कुलमान घिसिङप्रति श्रद्धा व्यक्त गर्दै आफ्नै युट्युब च्यानलमार्फत ‘कुलमानलाई फालेर’ शीर्षकको देशभक्तिपूर्ण गीत सार्वजनिक गरेकी थिइन्। उक्त गीत छोटो समयमा युट्युब तथा सामाजिक सञ्जालमा व्यापक चर्चित बनेको छ । भेटका क्रममा कुलमान घिसिङले गीतप्रति गहिरो सराहना गर्दै स्याङतानलाई धन्यवाद दिएका थिए। उनले भने, “देशको सकारात्मक सोच र सेवामा आधारित यस्ता सिर्जनाले अझै म जस्ता राष्ट्रसेवकलाई ऊर्जा र प्रेरणा दिन्छ।” साथै, उनले स्याङतानलाई भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न शुभकामना पनि व्यक्त गरे।

त्यस अवसरमा गायिका स्याङतानले प्रत्यक्ष रूपमा ‘कुलमानलाई फालेर’ गीत घिसिङलाई सुनाएकी थिइन्। गीत प्रस्तुतिमा घिसिङ भावुक बनेका थिए। स्याङतानले भेटमा भावुक हुँदै भनिन्, “उहाँबाट यति सकारात्मक प्रतिक्रिया र शुभकामना पाउनु मेरो जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण हो। म उहाँजस्तै इमानदार राष्ट्रसेवकहरूलाई देशको नेतृत्वमा देख्न चाहन्छु।”

त्यसै क्रममा स्याङतानले आफूलाई गीत सिर्जनाको प्रेरणा कसरी मिल्यो भन्ने विषयमा समेत प्रसंग सुनाइन्। उनले भनिन्, “जब मैले उहाँको बर्खास्तीको दिन मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित चेपाङ बस्तीमा ७० वर्षीया तुलकुमारी चेपाङको घरमा विद्युत् मिटर ‘अन’ गर्दै बत्ती बालाएको फोटो देखें, म अत्यन्तै भावुक भइकन रोए। त्यसपछि नै उहाँको सम्मानमा एउटा गीत बनाउने दृढ निश्चय गरेको थिएँ।” त्यहि प्रसंग सुनाउदा स्यन्ग्तान निकै भावुक बनिन। भेटमा पुगेका गयिकासहित आठैजनाले आशु थाम्न सकेनन ।

उक्त भेटमा गायिका सुस्मिता स्याङतानसँगै ‘लेडी र्यापर’ का रुपमा उदाउँदै गरेकी मन्जली तामाङ, उज्यालो नेटवर्कका मल्टिमिडिया प्रमुख इशारा लामा, समाचार प्रमुख विवेक लोप्चन, सिर्जना तामाङ, गायक मंगले तामाङ, गायिका मिना तामाङ, एरेन्जर एवं गायक कुनसाङ दोर्जे लोप्चन पनि सहभागी थिए। भेटको क्रममा घिसिङले आफ्नो निःस्वार्थ सेवाका संघर्षपूर्ण यात्राका केही अविस्मरणीय क्षणहरू पनि सबैसँग साझा गरेका थिए, जसले उपस्थित सम्पूर्ण टोलिलाई निकै प्रेरित बनाएको थियो।

गायिका स्याङतानको ‘कुलमानलाई फालेर’ गीतमार्फत उनले केवल कुलमान घिसिङजस्ता कर्मशील र इमानदार व्यक्तिहरूप्रति सम्मान मात्र व्यक्त गरेकी छैनन्, वर्तमान नेपालको नेतृत्वप्रति आम नागरिकले राखेको अपेक्षा र आक्रोशलाई समेत कलात्मक ढङ्गमा अभिव्यक्त गरेकी छन्।

गीतमा सशक्त आवाज दिएकी स्याङतानलाई शब्द, संगीत र सिर्जना विवेक लोप्चनले उपलब्ध गराएका हुन् भने संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन्। सहयोगी स्वरमा अर्जुन न्यौपानेले साथ दिएका छन्। भिडिओ निर्देशन र छायांकन विशाल सापकोटाले गरेका छन् भने सम्पादन तथा रंग संयोजन त्रिलोक लामाले गरेका छन्, जसले गीतको दृश्य पक्षलाई अझ प्रभावशाली बनाएको छ। गीतले छोटो समयमा नै उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ र देशप्रेम तथा इमानदारीको सन्देश बोकेको यो सिर्जना सँगै गायिका सुस्मिता स्याङतानको सांगीतिक यात्रा अझै उचाइमा पुगेको देखिन्छ।
https://youtu.be/wixjwtDNGRU?list=RDMMwixjwtDNGRU

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व