सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलीदेखि निषेधाज्ञा जारी हुने भएपछि आज पनि राजधानी छाड्नेहरुको घुइचो !!

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको छ । भोलिदेखि निषेधाज्ञा जारी हुने भएकोले आज अन्तिम दिन बिहानैदेखि गोँगवुस्थित नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा बाहिर जाने यात्रुहरुको घुइँचो लागेको हो ।

केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् । निषेधाज्ञा जारी गरेसँगै सोमवारदेखि नै बाहिरिने यात्रुहरुको संख्या बढेको हो । काठमाडौँबाट बाहिर जाने नाकाहरुमा यात्रुहरुको भिडभाड देखिन्छ ।

Sana Kishan

संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी भएसँगै घर जानेहरुको भीडले स्वास्थ्य जोखिम भने बढाएको छ । यात्रु तथा चालकले स्वास्थ्य मापदन्ड पालना गरेको देखिदैन । बसमा खचाखच यात्रुका कारण कोही एक जनामा संक्रमण भएमा अरुमा पनि संक्रमण सर्ने र गाउ गाउ सम्म संक्रमण पुग्ने जोखिम बढाएको छ ।बाहिरिनेहरुमा अधिकांश विद्यार्थी तथा दैनिक कामकाज गरी जिविकोपार्जन गर्ने सर्वसाधारण नागरिकहरु देखिएका छन् ।

World Link Ads
Mahakali Polytechnic

अघिल्लो वर्षको लकडाउनमा धेरै मानिसकहरुको विचल्ली भएकोले आफूहरु बेलैमा घर फर्किएको भनाई उनिहरुको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकामा दैनिक कोरोना संक्रमण बढेको भन्दै त्यसको नियन्त्रण र रोकथामका लागि भोलिदेखि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरेका छन् । (upaharkhabar बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.