सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरका सामुदायिक वनमा काठ तस्करीसँगै बन्यजन्तुको शिकार पनि बढ्यो

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका सामुदायिक वनहरूमा चोरी तस्करी एव शिकारीजन्य गतिविधि बढिरहेका छन् । कृष्णपुर नगरका सामुदायिक वनबाट कतै अवैध ‘काठ त कतै जंगली जनावरको मासु बरामद भइरहेको छ । वाणि सव डिभिजन वन कार्यालयले कृष्णपुरको ग्वालावारी, जगदम्बा मयुर सामुदायिक वनबाटै अवैध काठ बरामद गरेका घटना सेलाउन नपाउँदै शिकारी समुहले कृष्णपुर नगरपालिका ९ राजघाटको जानकी सामुदायिक वनबाट डेढसय क्विन्टल चित्तल (मृग) को मासु सहित घरेलु हातहतियार बरामद भएको छ ।

बुधबार दिउँसो वाणि सव डिभिजन वन कार्यालयले ग्वालावारी सामुदायिक वनबाट १५-१६ सालका अवैध गोलिया बरामद गरेकै राती प्रहरीले पिपरैया स्थित जानकी सामुदायिक वनबाट चार/पाँच चित्तल (मृग) का टाउको सहित डेढ सय क्विन्टल बन्यजन्तुको मासु बरामद गरेको छ । राती प्रहरी गस्ती टोलीले जङ्गलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा शिकारी समुहको साथबाट मासु सहित केही घरेलु हतियार र एक मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शिकारी समुहबाट से१प ४१११ नम्बरको एक साथ मोटरसाइकल सहितका मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको छ । प्रहरीले शिकारी समुहलाई पक्राउ गर्ने क्रममा शिकारी समुहले गोली चलाएको तर कसैलाई पनि गोली नलागेको प्रहरीले जनाएको छ । शिकारजन्य गतिविधीमा हतियार नै प्रयोगले प्रहरीले समेत बरामद गरेको मोटरसाइकलको आधारमा शिकारी समुहसम्मै पुगेर कानुनी कारबाही गर्नुपर्ने माग आएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रहरी गस्ती टोलीले शिकारी समुहको योजना बिफल बनाएपछि केही दिन शिकारी समुह त्रसित भएको र दिगो रुपमा शिकारीजन्य गतिबिधी नियन्त्रणका लागि जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकास भट्टले शिकारी समुहले जानकी वनबाटै वा अन्य कुनै सामुदायिक वन राष्ट्रिय वनबाट बन्यजन्तुको शिकार गरेको विषयमा सामुदायिक वनले अध्ययन गरिरहेको बताए । ‘हिजो राती प्रहरीको गस्ती टोलीले हाम्रै वन भएर गाँउमा जाने क्रममा चित्तलका टाउका सहित मासु बरामद गरेपछि हामीले पनि हाम्रै वन वा अन्य वनमा शिकारीजन्य गतिबिधी भईरहेको बारे अध्ययनका लागि वनमा जान्छौँ ।’ शिकारी समुहबाट बरामद गरिएको मासु पिपरैया सव डिभिजन वन कार्यालयमा गाडिएको छ ।

Dirghayu Ads

कृष्णपुरका सामुदायिक वन सहितका क्षेत्रमा यसरी काठदेखि बन्यजन्तुको शिकारजन्य गैर कानुनी गतिबिधीले वन, बन्यजन्तुको सरक्षणमा चुनौती बढिरहेको छ । काठ तस्करीमै सामुदायिक वनकै अध्यक्ष, सचिव स्तरकै पदाधिकारी पक्राउ अर्कातिर बन्यजन्तुको शिकारी गर्दा समेत सामुदायिक वन र वन कार्यालयका कर्मचारी जागरुक नहुन जस्ता अवस्थाले उपभोक्ता समेत हैरान भएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले शिकारीसम्मै पुग्न मोटरसाईकल बरामद भएकाले शिकारी समुहमाथि कार्बाही गरिने बताए । सुचना अधिकारी अवस्थीले जिल्लाभरीका सामुदायिक वनमा चोरी तस्करी एव शिकारीजन्य गैर कानुनी गतिबिधी नियन्त्रणका लागि डिभिजन बाट आवश्यक थप योजना अघि सारिने बताए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.