सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरीमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक अन्दाजी ६५ वर्षीय लच्छी चन्दमाथि घर नजिकै ढुङ्गा प्रहार भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी (बजगाईँ) ले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चन्द माथि ढुङ्गा प्रहार गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय महेश भण्डारी फरार रहेको र उनको खोजिकार्य जारी रहेको छ ।

Sana Kishan

बेलौरी बजारदेखि विद्यानगर स्थित आफ्नो घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घरभन्दा करिब ३०० मिटरको दुरीमा भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको बताइएको छ । घटना लगत्तै घाइते हुनु भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

चन्दको त्यहीँ उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.