महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्कास्थित वेदकोट सामुदायिक वन उपभोक्ता समुहको १५ औ साधारणसभा सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमकाबीच बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आथित्यता तथा समुहका अध्यक्ष जय बहादुर साहुको अध्यक्ष्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको विशिष्ट अतिथि बेदकोट नगरपालिका– ३ का अध्यक्ष तिलक बहादुर ठकुल्ला थिए ।
यस्तै कार्यक्रममा जिल्ला बन, सब–डिभिजन बन कार्यालय, तत्कालीन दैजी गाउँ विकास समितिका अध्यक्ष राम दत्त जोशी लगायत उपभोक्ताहरुको सहभागीता रहेको थियो ।