कञ्चनपुर-१८ माघ । कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत खेम प्रसाद चौधरीको सरूवा भएको छ । उहाँको जिल्ला समन्वय समिति बर्दियामा जिल्ला समन्वय अधिकारी पदमा रही कार्य गर्ने गरी सरूवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव रोशन ज्ञवालीद्वारा हस्ताक्षरित पदस्थापन पत्रमा उल्लेख गरिएको छ ।
चौधरीको सरूवा भएपछि बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा बैतडीको सिगास गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कविन्द्र प्रसाद ओझा आउने बताइएको छ । ओझालाई मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कामकाज गर्न खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्र प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
(हरिश्चन्द्र बागले nepalbodh.com मा लेकेका छन्।)