महेन्द्रनगर । कञ्चनपुरको माहाकाली नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । आयुर्वेदिक औषधी उपचारका लागि जिल्लाका स्थानीय तहमध्ये पहिलो पटक माहाकाली नगरपालिका आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो ।
सरकारको केन्द्रीय नीति अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय सेवा केन्द्र स्थापनाका लागि पहल गरेको हो ।
महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको प्रमुख डाक्टर ओमप्रकास कलौनीले जिल्लाका स्थानीय तहमध्येमा पहिलो पटक माहाकालीमा सेवा केन्द्र स्थापना गरिएको बताए ।
उनका अनुसार संघिय सरकारको नीति अनुसार यस कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गरिनेछ । ‘अहिले माहाकाली नगरपालिकामा आयुर्वेद सेवा केन्द्र स्थापनाका लागि माहाकालीमा विभागले परिपत्र गरेको छ ।’, उनले भने ‘यो राष्ट्रिय कार्यक्रम भएकोले जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद औषधालयको सेवा दिने योजना छ ।, त्यसका लागि केहि समय लाग्न सक्छ ।’
आरोग्य सेवा केन्द्र सञ्चालनका लागि औषधालयले औषधीसहित एक जना वैद्य र दुई जना अभयङ्गकर्ताको व्यवस्था गरेको कार्यालय प्रमुअ डाक्टर कलौनीको भनाई छ । साथै केन्द्रका लागि आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापन नरपालिकाले गर्नेछ ।
आरोग्य केन्द्रबाट आयुर्वेद विभागले सिफासिर गरेका २२ प्रकारका औषधी, उपचारका उरामर्श, योग र पञ्चकर्म सेवा अन्र्तगतको पुर्व कर्म सेवा उपलब्ध गराईने छ ।
नगर प्रमुख वीर बहादुर सुनारको अध्यक्षमा भएको एक कार्यक्रमकाबिच केन्द्रको सोमबार उद्धघाटन गरिएको छ । कार्यक्रममा बोल्दैँ नगर प्रमुख सुनारले केन्द्र्र स्थापनापछि स्थानीयलाई आयुर्वेदिक औषधी उपचार पद्धतीमा सहज हुने बताए ।
साथै केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने सहयोगका लागि नगर पालिका प्रतिवद्ध रहेका उनको भनाई छ । आरोग्य सेवा केन्द्र सञ्चालन भएपछि आयुर्वेदीक उपचार तथा औषधीका लागि सुदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ भने स्थानीय स्तरमै आयुर्वेदिक सेवा पाईएपछि स्थानीय हर्षित समेत बनेका छन् ।