सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले दियो फेरी भारतलाई अहिलेसम्मकै ठुलो झ’ट्का, भारतभर हंगामा विश्वभर ह’लच’ल

काठमाडौँ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको वि’रोधमा बेला-बेलामा निहुँ खोजिरहेको भारतलाई नेपालले फेरी अर्को ठुलो झ’ट्का दिएको छ । भारतले कल्पना नै नगरेको कदम नेपालले चालेपछि अहिले भारतभर हंगामा म’च्चीएको छ । टीआरपीका लागि नेपालका बारेमा अतिरञ्जित र अ’नर्गल प्र’चार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आ’पत्ति’जनक विषयहरु प्रसारण गर्ने भारतीय मिडियाहरुलाई नेपालको क’डा उक्त निर्णयले ठुलै झा’पड लागेको छ ।

नेपाललै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेको हो । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

के भनेका भारतीय मिडियाले ?

World Link Ads
Mahakali Polytechnic

भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आ’पत्तिजनक रिपोर्ट प्रशारण गरेको थियाे । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

Dirghayu Ads
Sana Kishan

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फ’सेर ओलीले भारत वि’रोधी कदम चालिरहेको भनेको छ । आ’पत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके ह’सरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फ’सगए ।’

राजदूत यान्छीकै आग्रहमा फ’सेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दा’बी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दा’बीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ । भारतीय टीभीको अ’फ’वाह यतिमा मात्रै सीमित छैन ।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दा’बी गरिएको छ ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्र’दर्शनलाई पनि ग’लत तरिकाले जोडिएको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.