सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम सेवा समाज युएईको नवौं वार्षिकोत्सव कार्यक्रम भब्यता साथ सम्पन्न

दुबई । गत ०७ जनवरी २०२४ आईतबारका दिन बरदुबईस्थित ब्लु प्यालेस रेस्टुरेन्ट को हलमा सुदूरपश्चिम सेवा समाज युएईले भूकम्प पीडित सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरी संस्थाको नवौं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

संस्थाका महासचिव प्रकाश दत्त बडुले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष मोहन ठकुराठीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष धर्म राज पाण्डेय, विशेष अतिथि मा सुदुर पश्चिम सेवा समाज युएईका प्रथम सल्लाहकार तथा सुदूरपश्चिमेली नेपाली समाजका गल्फ संयोज श्रि दान सिह महरा विशेष अथिति नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष श्री कमल गिरी रहनुभएको थियो भने कार्यक्रमको अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवी र पत्रकारहरु रहनु भएका थिए भने युएईका सात ओटै राज्यमा कार्यरत सुदूरपश्चिमेली हरुको बाक्लो उपस्थिति रहेको थियो।

विगतदेखि चलिआएको रितीरिवाज र चलन चल्तीलाई कायम गर्दै प्रवासको भूमिमा पनि आफ्नो मौलिक भेष भूषालाई चिनाउंन पनि एउटा राम्रो कार्यको रुपमा लिन सकिन्छ । यस्ता खालका कार्यक्रमको आयोजनाले नेपाली संस्कृतिको उत्थान हुनुका साथै एकआपसमा भाईचाराको आदानप्रदान पनि हुने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

No description available.

Dirghayu Ads

कार्यक्रमलाई अझै संगीतमय तुल्याउनका लागि नेपालबाट अतिथि कलाकारको रुपमा चर्चित गायक चेतन बोहरा र गायिका रेखा जोशी आउनु भएको थियो । साथमा स्थानीय कलाकारहरुको पनि बृहत् जमघट भएको थियो भने सांस्कृतिक कार्यक्रम सञ्चालन उद्घोषिका चन्द्रिका ओझा ले गर्नु भएको थियो । सुदूरपश्चिमेलीहरु को लोकप्रिय डेउडा नाचले अझै सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न खाले मनोरञ्जनात्मक प्रस्तुतिहरुले दर्शकहरुका साथ अतिथिहरुलाई समेत नचाउन भ्याएका थिए ।

विगत १ वर्षको आर्थिक विवरण को जानकारी सुदुरपश्चिम सेवा समाज युएई का कोषाध्यक्ष श्री तारा सिंह विष्टले दिनु भयो भने समाज ले गरेका कार्यहरू को विवरण सहितको सामाजिक प्रतिवेदन महासचिव श्री प्रकाश दत्त बडु ज्यू ले प्रस्तुत गर्नुभएको थियो। यसै गरी सुदुरपश्चिम सेवा समाज युएई का अध्यक्ष श्री मोहन ठकुराठी ज्यूले विभिन्न देशहरूमा रहेका सुदूरपश्चिमेली समाज हरु को छाता संस्था सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति संग आज को मितिदेखि औपचारिक रूपमा समन्वय गर्दै जाने र नेपाली नयाँ बर्ष तथा सुदूरपश्चिमेली हरुको महान चाड बिसु को दिन देखि अन्तर्राष्ट्रिय समिति को मापदण्ड अनुरुप काम गरी आबद्ध हुने घोषणा गर्नु भएको थियो।

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.