सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उदाहरणीय अन्जु

खेम साउद , दक्षिण कोरिया

भाषा परीक्षा पास गर्नसके सरकारी प्रक्रिया र सस्तो खर्चमा गई मासिक डेढ दुई लाख नेपाली कमाउन सकिने भएकाले कोरिया नेपाली युवाहरुको सपनाको देश बनेको छ। सन् १९८० को दशकबाटै झन्झटिलो प्रक्रियाबाट केही संख्यामा नेपालीहरू कामको खोजीमा कोरिया आउन सुरु गरेका भएपनि सन् २००८ मा रोजगार सम्झौता इपिएस प्रणाली लागु भएपछि हजारौँ नेपालीहरू कामदारको रूपमा कोरिया ओइरिए । अहिले त्यो संख्या करीब ५०~५५ हजारको हाराहारीमा रहेको बताइन्छ। कोरियामा नेपाली समुदायको संख्या बढेसंगै कम्पनी दुर्घटना, मानसिक तनाव, आत्महत्या, सुतेको अवस्थामा मृत्यु आदि समस्याहरू पनि बढ्दो दरमा छन्।

यस्ता समस्याहरूमा हातेमालो गर्न तथा परस्परमा एकता, सहयोग अभिवृद्धि गरी नेपाली समुदायको भलाई र हितका लागि दर्जनौँ सामाजिक संघ संस्था पनि स्थापित छन्। यिनै संस्थाहरुमा सामाजिक तथा परोपकारी कार्य गर्दै कतिपयले उदाहरणीय सामाजिक कार्यकर्ताको छवि बनाएका छन्। यस्तै विशुद्ध सामाजिक क्षेत्रमा रहेर अग्रणी महिला सामाजिक अभियन्ताको रूपमा उदाएकी नेपाली चेली अंजु के. सी. पनि एक हुन्।
कोरियाको करीब दुई दशक लामो बसाई लाई बिट मार्दै अन्जु गत शुक्रबार नेपाल फर्किन लाग्दा उनलाई भेटेर वा सामाजिक सञ्जालबाट सम्झिनेहरुको ओइरो लाग्यो। हुन पनि किन नहुनु। कोरियामा रहेका हरेक सामाजिक कार्यक्रम तथा अभियानहरु होस वा हस्पिटलमा बिरामीलाई भेट्न। अन्जु नपुगेको ठाउँ हुदैनथ्यो ।

आफ्नो कोरिया प्रवासको लामो बसाइको क्रममा आपत् विपतमा परेका नेपाली दाजुभाई दिदीबहिनी हरूलाई बेला बेलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सक्दो सहयोग गर्दै आइरहेकी अंजुले एनसिसी कोरियाको ऐतिहासिक विरासत थाम्दै सन २०१७ देखि २०१९ सम्म एनसीसी कोरिया को अध्यक्ष को जिम्मेवारी समेत बहन गरिन। सन् १९९३ मा स्थापना भएको नेपाली सामाजिक संस्थाहरूको जननी संस्था नेपाली सम्पर्क समिति(एन सि सि) ले अन्जु के सी कै कार्यकालमा गतबर्ष रजत जयन्ती मनाएको थियो भने स्थापनाको २६ वर्ष पछि २०१९ मै मात्र कोरियन सरकारबाट बैधानिक रुपमा मान्यता पाएको थियो ।

सिफारिस
Sana Kishan
कोरियामा रहेका नेपाली समुदायको हित र भलाईलाई आफ्नो पवित्र उद्देश्य ठान्ने उनी सामाजिक तथा मानवीय सेवा सहयोगमा अहोरात्र खटिइन । कोरियामा कसैलाई आपत् विपत् परेको अवस्थामा विभिन्न समयमा आर्थिक सहयोग संकलन अभियान सुरू गरिन्छन् समय समयमा, जसमा अंजु केसीको नाम अछुतो हुदैनथ्यो । सुदूर पूर्वका संस्था हुन् वा सुदूर पश्चिमका, जिल्लाका हुन् वा आदिवासी जनजातिका, अथवा छुसक सल्नालका हरेक वर्षका कार्यक्रम नै किन नहुन् सबैमा उनको सहभागिता रही रह्यो। हरेक सामाजिक अभियानको आर्थिक सहयोगीहरूको लिष्टमा उनको सक्दो सहयोग रहेकै हुन्थ्यो । कम्पनी दुर्घटना वा अन्य कारणले कोरियाका अस्पतालमा बस्न पुग्ने नेपालीहरुलाई भेट्न अंजु के सी कोरियाका धेरै अस्पताल धाइसक्नु भएको छ। प्रवासमा दु:खको क्षण, हस्पिटलको बसाइ अत्यन्त तनावपूर्ण हुन्छ। बोली भाषा नै मिल्दैन। अरू बेडमा नेपाली भाषा बोल्ने बिरामी सायदै भेटिन्छन। अरू विदेशी वा कोरियन विरामीहरूसंगै उपचार गराउनु पर्दा बिरामीलाई ज्यादै असहज हुन्छ। त्यसैले म सकेसम्म अस्पालको बेडसम्मै पुगेर बिरामी भाइबहिनीहरूको मनोबल बढाउँछु र भाषिक समस्याहरु को समाधान मा नि सके सम्म सहयोग गर्ने गरेको बताउदै उनले भनिन धर्म कमाउन कुनै मन्दिर जानु पर्दैन । यही नै धर्म हो । कोरियामा रहेका थोरै मात्र अग्रणी सामाजिक अभियन्ताहरू मध्येमा अंजु अग्र पंक्तिमा आउँछिन्। पछिल्लो समय एनसीसी कोरियाको नेतृत्वमा रहेर विभिन्न सामाजिक कार्यहरूमा सहभागी भएपनि उनको सामाजिक यात्रा भने डेढ दशकभन्दा बढी समयदेखि अविराम छ। आफ्नो परिवारको सुन्दर भविष्य निर्माण गर्न आजभन्दा करीब १९ वर्ष अगाडि सन् २००१ मा आफ्ना दुई अवोध बालक छोराहरूलाई घरैमा छोडेर उनी कोरिया पुगेकी थिइन्। घर छोड्दाको त्यो क्षण अझै पनि झल्झली संझिन्छिन् र भन्छिन् “मैले विदेसिने निर्णय गरेपनि घर छोड्ने बेलामा आफूलाई सम्हाल्न सकिनँ। मुटुमा गाँठो पारी धेरै रोएकी थिए। नाइट बसमा पनि बाबुहरू नै झल्झली आँखामा आइरहे।" त्यतिबेलाको परिवेश पनि अहिलेको जस्तो थिएन। अहिले रोजगारी, अध्ययन आदि भिसामा नेपाली दिदीबहिनीहरू युरोप,अमेरिका लगायत संसारका विभिन्न देशहरूमा पुगिसकेका छन्। तर त्यो समयमा थोरै मात्र नेपाली महिला दिदीबहिनीहरू विदेसिन्थे। महिलाले घरबाट बाहिर निस्कनु हुँदैन भन्ने परम्परागत मान्यताबाट नेपाली समाज अहिलेजस्तो उदार भइसकेको थिएन। विदेश जाने महिलालाई राम्रो रूपमा हेरिन्थेन। उनी सम्झिन्छिन्। तर उनले यसमा परिवारको भने साथ पाइन्। अंजुको जन्म भारतको देहारादूनमा वि. सं. २०३१ सालमा भएको थियो। उनका बुबा पूर्णबहादुर खत्री भारतीय सेनामा कार्यरत थिए। उनको पल्टन देहरादून भएका बेलामा कान्छी पत्नी मीठु खत्रीलाई पनि संगै लिएर गएका थिए। जहाँ अंजुले आफ्नी आमाको गर्भबाट धर्तीमा पहिलो पटक आँखा उघारिन्। खत्री दम्पतिकी ८ छोरीहरू मध्येमा अंजु जेठी छोरी हुन्। उनका पिताको पुर्ख्यौली घर बाग्लुङको हग्दीसीर हो। भारतको देहरादूनमा जन्मिए पनि उनको बाल्यकाल भने रुपन्देहीमा बित्यो। बेल भरिया प्रा वि बाट प्राथमिक तहसम्म अध्ययन गरिन् भने उजीर सिह मा वि बाट एस एल सी दिइन्। आफ्नो पढाइ लेखाइ संगसंगै छुट्टीका बेला साथीसंगीहरूसंग घाँस दाउरा, मेलापात गर्थिन्। मा वि तहसम्मको पढाई सक्दा आमा बुबाको निर्णयले पन्ध्र वर्षको कलिलो उमेरमै बिवाह बन्धनमा बाँधिइन्। दुइटा छोरा जन्मिए। घरको पारिवारिक समस्या बढ्न थालेपछि पैसा कमाउनका लागि लुम्विनी ओभरसिज मार्फत् कोरिया आइन्। कोरिया आएपनि भाषाको समस्याले सुरूवाती दिनहरू निकै कठिनाईका साथ गुज्रिए। त्यतिबेला अहिलेजस्तो नेपाली दाजुभाई तथा दिदीबहिनी छ्यासछ्यासती भेटिन्थेनन् निकै गाह्रो थियो। उनी भन्छिन् काम गर्दा एउटा चीज गर भन्दा नबुझेर अर्कै गरिने, खानाको नामै था नहुने, आदि समस्याका कारणले मैले पनि निकै तनाव भोगेकी थिए। तर बिस्तारै भाषा बोल्न र पढ्न सिकेपछि परिस्थिति अनुकूल बन्दै गयो। कोरियनहरू निकै मेहनेती, जाँगरिला र काम छिटोछिटो गर्ने भएरै देशले निकै छोटो अवधिमा अभूतपूर्व प्रगति र विकास गरेको कोरियनहरूसंगै कम्पनीमा काम गर्दा थाहा पाइन्। कोरियाका जुनसुकै कम्पनीमा पनि इमानदारीताका साथ काम गरिन्। आफ्नो कर्मभूमि कोरिया सुन्दर लागे पनि आफ्नो देशको माटो र आफू हिँडेको बाटोको नै बढी माया लाग्दो रहेछ, उनी भन्छिन् । बिरानो मुलुकमा आफ्नो परिवार, साथीसंगी र गाउँघरको सम्झनाले उनलाई घरिघरि भावुक बनाइरहन्थ्यो। अंजु सानैदेखि दयालु स्वभाव र सहयोगी भावनाकी थिइन्। गरीब तथा असहाय मान्छे देख्दा उनी दु:खी हुन्थिन् र सकेको सहयोग गर्थिन्। सानैदेखिको यही सहयोगी भावना र असल स्वभावले उनलाई कोरियामा पनि सामाजिक मार्गमा डोर्यायो।काम खोज्नु पर्दा होस् वा विरामी पर्दा अथवा कुनै अन्य समस्यामा पर्दा सहयोगी मनकी धनी अंजुबाट धेरैले सहयोग पाए। व्यक्तिगत तवरले सहयोग गर्दै आइरहेकी अंजुको सामाजिक यात्रा रुपन्देही सम्पर्क समितिमा आवद्ध भएपछि थप उचाईमा पुग्यो र उनी एनसीसी कोरियाको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भइन्। भरखरै मात्र उनले आफ्नो कार्यकाल सकाएर एनसीसी को १७ औं महधिबेशन मार्फत नेतृत्व हस्तान्तरण गरेकी हुन। कोरियामा कम्पनीको काम संगसंगै सामाजिक कार्यका लागि फुर्सद निकाल्नै मुस्किल हुन्छ तर अंजुले भने आफ्नो नीजि काम वा समस्यालाई थाती राखेर पनि सामाजिक क्षेत्रमा क्रियाशील रहिन । उनले गरेका सामाजिक कार्यहरूको फेहरिस्त लामै छ। सबैलाई यो लेखमा समेट्न नसकिएला। एन आर एन कोरियाको तत्कालीन "नेपाल हाउस" को भित्तामा होस् वा सामाजिक संजालका भित्तामा। अथवा नेपाली सम्पर्क समिति र नेपाली सम्पर्क समितिको अगुवाइमा कोरियामा बुद्धको मूर्ति राखिएको स्थलमा नै किन नहोस् , उनको नाम लेखिएकै छ, जुन उनको पशिना र श्रमको कमाइ हो। यसका साथै कोरियामा हुने कार्यक्रममा भाग लिन नेपालबाट आउने कलाकार, डाँक्टर वा अन्य अतिथिलाई स्वागत गर्न ईन्छन बिमानस्थलमा पनि पुगिरहेकै हुन्थिन । आफ्नो कार्यकालमा एन सि सी ले बुसानमा महिला सेल्टर खोल्न आर्थिक सहयोग, बाढी पिडीतलाई राहत सहयोग, नि: शुल्क स्वास्थ्य परीक्षण शिविर, कार्यक्रम बाँडफाँड तथा अन्य सामाजिक संस्थाहरूसंग सामाजिक कार्यहरुमा हातेमालो जस्ता महत्वपूर्ण कार्यहरू गरे पनि एनसीसी को रजत जयन्ती संगै कोरियामा बुद्धको मूर्ति स्थापना अभियान सफलताका साथ सम्पन्न गर्न सक्नु आफ्नो जीवनको सबै भन्दा अविस्मरणीय कार्य रहेको अंजु बताउछिन । नेपाली सम्पर्क समिति कोरियाको संयोजन, नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली राजदुतावास दक्षिण कोरियाको संरक्षकत्वमा कोरियामा कार्यरत विभिन्न संघ संस्था तथा सहयोगी व्यक्तिहरूको आर्थिक सहयोगमा दक्षिण कोरियाको ख्यड़्गी प्रान्तको योड़्इन सहरस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ऐतिहासिक वाउछड़्सा बौद्ध गुम्बामा करीब पाँच करोड बीस लाख कोरियन वन लागतमा नेपालबाट ल्याइएको बुद्ध को मूर्ति सन २०१८ मे मा स्थापना गरिएको थियो । नेपालका मूर्तिकारहरूले कुँदेको आठ फीट अग्लो तामाको बुद्ध मूर्ति स्थापनाले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशको प्रवाह गरेको छ। यसले नेपाललाई विश्वमा गौतम बुद्ध जन्मेको देश भनेर विश्वभरी चिनाइ पर्यटनमा पनि योगदान गर्न सक्नेछ। यो उदाहरणीय कार्यमा अभियान संयोजकका रूपमा अंजुले महत्वपूर्ण भूमिका खेलेकी थिइन । अन्जु नेपाल फर्किएपछि कोरियामा रहदा उनको सामाजिक योगदान र उनले गरेका सामाजिक कार्यहरुका लागि कोरियामा उनलाई सधैं सधैंका लागि सम्झिइने छ । जादा जादै उनले कोरियामा रहदा आफ्नो व्यक्तिगत र सामाजिक जीवनमा साथ सहयोग दिनु हुने र आफ्नो सामाजिक यात्राको दौरानमा आलोचना गर्नु हुने सबैलाई धन्यबाद दिदै भनिन मैले आलोचनाहरुबाट पनि सिक्ने अवसर पाए र साथ सहयोग गर्नुहुनेहरुबाट अगाडी बढ्ने हौसला पाए । कोरियामा नेपालीहरुको सौहार्दता बाँचि रहोस । खुशी छु सबै जना राम्रो संग बस्नुहोला । अन्जु तपाईका आगामी दिनहरु शुभ बितुन । हार्दिक शुभकामना !! निकै गाह्रो थियो। उनी भन्छिन् काम गर्दा एउटा चीज गर भन्दा नबुझेर अर्कै गरिने, खानाको नामै था नहुने, आदि समस्याका कारणले मैले पनि निकै तनाव भोगेकी थिए। तर बिस्तारै भाषा बोल्न र पढ्न सिकेपछि परिस्थिति अनुकूल बन्दै गयो। कोरियनहरू निकै मेहनेती, जाँगरिला र काम छिटोछिटो गर्ने भएरै देशले निकै छोटो अवधिमा अभूतपूर्व प्रगति र विकास गरेको कोरियनहरूसंगै कम्पनीमा काम गर्दा थाहा पाइन्। कोरियाका जुनसुकै कम्पनीमा पनि इमानदारीताका साथ काम गरिन्। आफ्नो कर्मभूमि कोरिया सुन्दर लागे पनि आफ्नो देशको माटो र आफू हिँडेको बाटोको नै बढी माया लाग्दो रहेछ, उनी भन्छिन् । बिरानो मुलुकमा आफ्नो परिवार, साथीसंगी र गाउँघरको सम्झनाले उनलाई घरिघरि भावुक बनाइरहन्थ्यो। अंजु सानैदेखि दयालु स्वभाव र सहयोगी भावनाकी थिइन्। गरीब तथा असहाय मान्छे देख्दा उनी दु:खी हुन्थिन् र सकेको सहयोग गर्थिन्। सानैदेखिको यही सहयोगी भावना र असल स्वभावले उनलाई कोरियामा पनि सामाजिक मार्गमा डोर्यायो।काम खोज्नु पर्दा होस् वा विरामी पर्दा अथवा कुनै अन्य समस्यामा पर्दा सहयोगी मनकी धनी अंजुबाट धेरैले सहयोग पाए। व्यक्तिगत तवरले सहयोग गर्दै आइरहेकी अंजुको सामाजिक यात्रा रुपन्देही सम्पर्क समितिमा आवद्ध भएपछि थप उचाईमा पुग्यो र उनी एनसीसी कोरियाको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भइन्। भरखरै मात्र उनले आफ्नो कार्यकाल सकाएर एनसीसी को १७ औं महधिबेशन मार्फत नेतृत्व हस्तान्तरण गरेकी हुन। कोरियामा कम्पनीको काम संगसंगै सामाजिक कार्यका लागि फुर्सद निकाल्नै मुस्किल हुन्छ तर अंजुले भने आफ्नो नीजि काम वा समस्यालाई थाती राखेर पनि सामाजिक क्षेत्रमा क्रियाशील रहिन । उनले गरेका सामाजिक कार्यहरूको फेहरिस्त लामै छ। सबैलाई यो लेखमा समेट्न नसकिएला। एन आर एन कोरियाको तत्कालीन "नेपाल हाउस" को भित्तामा होस् वा सामाजिक संजालका भित्तामा। अथवा नेपाली सम्पर्क समिति र नेपाली सम्पर्क समितिको अगुवाइमा कोरियामा बुद्धको मूर्ति राखिएको स्थलमा नै किन नहोस् , उनको नाम लेखिएकै छ, जुन उनको पशिना र श्रमको कमाइ हो। यसका साथै कोरियामा हुने कार्यक्रममा भाग लिन नेपालबाट आउने कलाकार, डाँक्टर वा अन्य अतिथिलाई स्वागत गर्न ईन्छन बिमानस्थलमा पनि पुगिरहेकै हुन्थिन । आफ्नो कार्यकालमा एन सि सी ले बुसानमा महिला सेल्टर खोल्न आर्थिक सहयोग, बाढी पिडीतलाई राहत सहयोग, नि: शुल्क स्वास्थ्य परीक्षण शिविर, कार्यक्रम बाँडफाँड तथा अन्य सामाजिक संस्थाहरूसंग सामाजिक कार्यहरुमा हातेमालो जस्ता महत्वपूर्ण कार्यहरू गरे पनि एनसीसी को रजत जयन्ती संगै कोरियामा बुद्धको मूर्ति स्थापना अभियान सफलताका साथ सम्पन्न गर्न सक्नु आफ्नो जीवनको सबै भन्दा अविस्मरणीय कार्य रहेको अंजु बताउछिन । नेपाली सम्पर्क समिति कोरियाको संयोजन, नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली राजदुतावास दक्षिण कोरियाको संरक्षकत्वमा कोरियामा कार्यरत विभिन्न संघ संस्था तथा सहयोगी व्यक्तिहरूको आर्थिक सहयोगमा दक्षिण कोरियाको ख्यड़्गी प्रान्तको योड़्इन सहरस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ऐतिहासिक वाउछड़्सा बौद्ध गुम्बामा करीब पाँच करोड बीस लाख कोरियन वन लागतमा नेपालबाट ल्याइएको बुद्ध को मूर्ति सन २०१८ मे मा स्थापना गरिएको थियो । नेपालका मूर्तिकारहरूले कुँदेको आठ फीट अग्लो तामाको बुद्ध मूर्ति स्थापनाले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशको प्रवाह गरेको छ। यसले नेपाललाई विश्वमा गौतम बुद्ध जन्मेको देश भनेर विश्वभरी चिनाइ पर्यटनमा पनि योगदान गर्न सक्नेछ। यो उदाहरणीय कार्यमा अभियान संयोजकका रूपमा अंजुले महत्वपूर्ण भूमिका खेलेकी थिइन । अन्जु नेपाल फर्किएपछि कोरियामा रहदा उनको सामाजिक योगदान र उनले गरेका सामाजिक कार्यहरुका लागि कोरियामा उनलाई सधैं सधैंका लागि सम्झिइने छ । जादा जादै उनले कोरियामा रहदा आफ्नो व्यक्तिगत र सामाजिक जीवनमा साथ सहयोग दिनु हुने र आफ्नो सामाजिक यात्राको दौरानमा आलोचना गर्नु हुने सबैलाई धन्यबाद दिदै भनिन मैले आलोचनाहरुबाट पनि सिक्ने अवसर पाए र साथ सहयोग गर्नुहुनेहरुबाट अगाडी बढ्ने हौसला पाए । कोरियामा नेपालीहरुको सौहार्दता बाँचि रहोस । खुशी छु सबै जना राम्रो संग बस्नुहोला । अन्जु तपाईका आगामी दिनहरु शुभ बितुन । हार्दिक शुभकामना !! Chat conversation end Type a message...

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.