छुट्टिए उनी त्यसरी नै मन अमिलो पारेर।
जसरी भेट्टिएका थिए तन सजिलो पारेर।
समय बलवान हुन्छ विश्वास भयो मलाई,
भेट्टिदाको उमङ्ग छुट्टियौ थिल्थिलो पारेर।
जून एकान्त र एक्लो भएपछी पुग्दो रहेछ,
स्मृतिमै पो थियो अङ्गालेको कसिलो पारेर।
उज्यालो भयो ब्युझिए गए सबै ती यादहरू
बिहानीको सुरुवात भयो मन धमिलो पारेर।
सूर्यका जस्तै जोगाइ राखे आशाका किरण
आउने छ समयले सूर्य जगत चम्किलो पारेर।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post