छुट्टिए उनी त्यसरी नै मन अमिलो पारेर।
जसरी भेट्टिएका थिए तन सजिलो पारेर।
समय बलवान हुन्छ विश्वास भयो मलाई,
भेट्टिदाको उमङ्ग छुट्टियौ थिल्थिलो पारेर।
जून एकान्त र एक्लो भएपछी पुग्दो रहेछ,
स्मृतिमै पो थियो अङ्गालेको कसिलो पारेर।
उज्यालो भयो ब्युझिए गए सबै ती यादहरू
बिहानीको सुरुवात भयो मन धमिलो पारेर।
सूर्यका जस्तै जोगाइ राखे आशाका किरण
आउने छ समयले सूर्य जगत चम्किलो पारेर।
