Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २१, २०८३
तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उज्यालो र फूलहरूको पर्व तिहार नजिकिएसँगै बजारमा झिलिमिली बत्ती, मिठाई, फूलमाला, फलफूल तथा भाइमसलाको कारोबार बढ्न थालेको छ। तिहारले खुद्रा व्यापार, कृषि, यातायात, खाद्य उद्योग र विद्युतीय व्यवसायलाई चलायमान बनाए पनि मूल्यवृद्धि, ढुवानी समस्या र उपभोक्ताको कमजोर क्रयशक्तिका कारण यस वर्ष बजार अपेक्षाअनुसार उत्साहजनक बन्न सकेको छैन।

तिहारलाई लक्षित गरी व्यवसायीले ठूलो परिमाणमा झिलिमिली बत्ती आयात गर्ने गरे पनि यस वर्ष आयातको मूल्य बढेको र परिमाण घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँबराबरका २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँबराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशतले बढेको छ भने परिमाण २७ प्रतिशतले घटेको छ। यसले कम परिमाणका सामग्री आयात गर्नसमेत व्यवसायीले बढी रकम खर्च गर्नुपरेको देखाउँछ।

व्यवसायीका अनुसार यस वर्ष झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलनामा १५ देखि २५ प्रतिशतसम्म बढेको छ। नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वउपाध्यक्ष कोमल नेपालले चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान आयात हुन नसक्दा व्यवसायीले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको बताएका छन्। यसले ढुवानी खर्च बढाउनुका साथै बजारमा सामान पुर्‍याउनसमेत कठिनाइ भएको उनको भनाइ छ।

भन्सार विभागका अनुसार दियो, फूल तथा अन्य सजावटका बत्तीको आयात पनि प्रभावित भएको छ। गुणस्तरीय एलईडी बत्ती लामो समयसम्म प्रयोग गर्न सकिने र पुराना बत्ती पुनः प्रयोग गर्ने प्रवृत्ति बढेकाले नयाँ सामग्रीको बिक्रीमा समेत असर परेको व्यवसायी बताउँछन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि कालीगण्डकी र बुढीगण्डकी क्षेत्रमा भएका बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याउँदा उत्तरी व्यापारिक मार्ग प्रभावित भएका छन्। केरुङ नाकाबाट सामान ल्याउन कठिन भएपछि वीरगञ्जलगायत अन्य नाका प्रयोग गर्नुपरेको व्यवसायीको भनाइ छ।
चीन र भारतमा निर्भर झिलिमिली बत्तीको बजार
नेपालको झिलिमिली बत्तीको बजार मुख्यतः आयातमा निर्भर छ। तिहारमा बिक्री हुने अधिकांश विद्युतीय सजावटका सामग्री चीन र भारतबाट आयात गरिन्छन्। चीनबाट आउने एलईडी बत्ती, रंगीचंगी झालर, रोप लाइट, वाटरफल लाइट, स्ट्रिप लाइट तथा नेट झालरले बजारको ठूलो हिस्सा ओगटेका छन्।

नेपालमा यस्ता सामग्रीको व्यावसायिक उत्पादन न्यून रहेकाले माग पूरा गर्न विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धि, ढुवानी अवरोध र विदेशी मुद्राको विनिमय दरमा हुने परिवर्तनको प्रत्यक्ष असर नेपाली उपभोक्ताले बेहोर्नुपरेको छ।

महासंघका अनुसार झिलिमिली बत्तीको वार्षिक कारोबारमध्ये करिब ८० देखि ८५ प्रतिशत हिस्सा तिहारकै समयमा हुने गरेको छ। बाँकी कारोबार छठ, क्रिसमस, अंग्रेजी नयाँ वर्ष, विवाह, व्रतबन्ध तथा होटल र रेस्टुरेन्टको सजावटमा हुने गर्छ। त्यसैले तिहार विद्युतीय सजावटका सामग्री बिक्री गर्ने व्यवसायीका लागि सबैभन्दा महत्वपूर्ण व्यापारिक सिजन हो।

काठमाडौंको भोटेबहाल, न्युरोड, असन, इन्द्रचोक र सुन्धारालगायत क्षेत्रमा झिलिमिली बत्तीको किनमेल बढ्ने गरेको छ। पछिल्लो समय गाउँदेखि सहरसम्म घरको छत, बरन्डा, कौसी, बगैंचा र प्रवेशद्वार सजाउन आधुनिक बत्ती प्रयोग गर्ने चलन विस्तार भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने
फ्ल्यास हेडिङ

लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने
पर्यावरण

कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै
खेलकुद

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै

कार्तिक २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको विशेष तयारी

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको विशेष तयारी

कार्तिक २१, २०८३
भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व