उम्दा सपनाहरू जन्माउन मुस्किल रहेछ
अझ आफ्नै बलमा पाउन मुस्किल रहेछ
मलाई आफ्नै सपनाले सुत्न दिएको छैन
भोको पेट सपना सजाउन मुस्किल रहेछ
तस्करहरूको लस्कर रहेछ यो भिडभाड
आफूले पाएको त बचाउन मुस्किल रहेछ
चोरेर जिन्दगी बाच्नेहरू श्रम गरेर हेर्नुस्
आफ्नै खेतबारी फलाउन मुस्किल रहेछ
जिन्दगी बाँच्न पनि मर्नु पर्छ कयौं पटक
बहुलाएर आफ्ना हँसाउन मुस्किल रहेछ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post