Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान बिहान चिया कफीको सट्टामा पिउनुस् यी ५ पेय पदार्थ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धेरै मानिसहरू दिनको सुरुआत ताजा र ऊर्जावान् पेय पदार्थसँग गर्छन् । बिहान उठ्ने बित्तिकै कयौँले चिया वा कफी पिउँछन् । कतिपयलाई चिया कफी खान नपाए दिनको सुरुआत नै राम्रो हुँदैन । तर बिहान खाली पेटमा कफी पिउनु धेरै कारणले हानिकारक हुन सक्छ ।

खाली पेटमा कफी पिउँदा पेटमा एसिड बढ्छ । यसले एसिड रिफ्लक्स, अपच, एसिडिटी, निद्राको कमी, क्याफिनको लत वा बेचैनी जस्ता समस्या गराउन सक्छ । क्याफिनले कोर्टिसोल (तनाव हार्माेन) बढाउन सक्छ । यसले चिन्ता, हर्ट रेट बढाउँछ भने ध्यान केन्द्रित गर्न पनि कठिनाइ हुन सक्छ ।

यसको सट्टामा केही स्वास्थ्यकर पेय पदार्थ पिउन सकिन्छ । तपाईँ कफी छोड्न खोज्दै हुनुहुन्छ वा यसको विकल्प खोज्दै हुनुहुन्छ भने बिहान ऊर्जावान् रहन यी पेयहरू उत्कृष्ट विकल्प हुन सक्छन् :

ग्रिन टी

ग्री टी हरियो चिया क्याफिनको हल्का स्रोत हो । तर यो कफी जत्तिकै भारी हुँदैन । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरमा भएका टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ । तौल घटाउन पनि यो सहयोगी साबित हुन्छ । बिहान एक कप ग्रीन टी पिउँदा दिनभर ताजापन र हलुका महसुस भइरहन्छ ।

कागती पानी

बिहान मनतातो पानीमा कागती मिसाएर पिउनु शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई हाइड्रेट त गर्छ नै मेटाबोलिज्मलाई पनि गति दिन्छ । यसबाहेक कागतीमा पाइने भिटामिन सीले शरीरलाई ऊर्जा र ताजगी प्रदान गर्न मद्दत गर्छ । यसले पाचन क्रियालाई पनि सुधार गर्छ र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ ।

दूध बेसार

दूधमा बेसार मिसाएर पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरमा फुलेको वा सुन्निएको कम गर्न मद्दत गर्छ । बिहान बेसार दूध पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दिनभर ऊर्जावान् महसुस हुन्छ । यसबाहेक पनि यो पेय छालामा निखार ल्याउन र मांसपेशीको थकान हटाउन उपयोगी छ ।

नरिवल पानी

नरिवलको पानी प्राकृतिक अनि कम क्यालोरी भएको पेय हो । यसले शरीरलाई स्फूर्ति त दिन्छ नै आवश्यक पानीको मात्रा पनि कायम राख्न मद्दत गर्छ । बिहान नरिवलको पानी पिउनाले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम हुन्छ र तुरुन्त ऊर्जा दिन्छ । यसमा पोटासियम र अन्य खनिजहरू पनि पाइन्छ, जसले दिनको राम्रो सुरुवात गर्न तपाईँलाई मद्दत गर्छ ।

हर्बल चिया

हर्बल चिया धेरै प्रकारका जडीबुटीहरूबाट बनाइएको हुन्छ । यसमा पुदिना, क्यामोमाइल, अदुवा, तुलसी आदि पनि हुन्छन् । यो क्याफिन मुक्त हुन्छ । यसको सेवनले शरीरलाई शान्ति र ताजापन प्रदान मिल्छ । बिहान अदुवा वा तुलसीको साथमा हर्बल चिया पिउँदा पाचन सुधार हुन्छ । शरीरले आवश्यक एन्टिअक्सिडेन्टहरू पनि पाउँछ । यसले मानसिक तनाव कम गर्न र दिनको सुरुवात राम्रोसँग गर्न मद्दत गर्छ ।

तपाईं कफी सेवनबाट ब्रेक लिन चाहनुहुन्छ वा केहि नयाँ पेय ट्राई गर्न चाहनुहुन्छ भने, यी छ पेयहरू तपाईंको लागि उत्कृष्ट विकल्प हुन सक्छन् । यी पेयले तपाईँको स्वास्थ्यमा सुधार त गर्छ नै दिनभर तपाईँलाई ऊर्जावान् पनि राख्छ । आफ्नो स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै, यी मध्ये कुनै एकलाई तपाईंको बिहानको दिनचर्याको हिस्सा बनाउन सक्नु हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व