Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान बिहान चिया कफीको सट्टामा पिउनुस् यी ५ पेय पदार्थ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन १, मंगलवार १८:०५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धेरै मानिसहरू दिनको सुरुआत ताजा र ऊर्जावान् पेय पदार्थसँग गर्छन् । बिहान उठ्ने बित्तिकै कयौँले चिया वा कफी पिउँछन् । कतिपयलाई चिया कफी खान नपाए दिनको सुरुआत नै राम्रो हुँदैन । तर बिहान खाली पेटमा कफी पिउनु धेरै कारणले हानिकारक हुन सक्छ ।

खाली पेटमा कफी पिउँदा पेटमा एसिड बढ्छ । यसले एसिड रिफ्लक्स, अपच, एसिडिटी, निद्राको कमी, क्याफिनको लत वा बेचैनी जस्ता समस्या गराउन सक्छ । क्याफिनले कोर्टिसोल (तनाव हार्माेन) बढाउन सक्छ । यसले चिन्ता, हर्ट रेट बढाउँछ भने ध्यान केन्द्रित गर्न पनि कठिनाइ हुन सक्छ ।

यसको सट्टामा केही स्वास्थ्यकर पेय पदार्थ पिउन सकिन्छ । तपाईँ कफी छोड्न खोज्दै हुनुहुन्छ वा यसको विकल्प खोज्दै हुनुहुन्छ भने बिहान ऊर्जावान् रहन यी पेयहरू उत्कृष्ट विकल्प हुन सक्छन् :

ग्रिन टी

ग्री टी हरियो चिया क्याफिनको हल्का स्रोत हो । तर यो कफी जत्तिकै भारी हुँदैन । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरमा भएका टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ । तौल घटाउन पनि यो सहयोगी साबित हुन्छ । बिहान एक कप ग्रीन टी पिउँदा दिनभर ताजापन र हलुका महसुस भइरहन्छ ।

कागती पानी

बिहान मनतातो पानीमा कागती मिसाएर पिउनु शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई हाइड्रेट त गर्छ नै मेटाबोलिज्मलाई पनि गति दिन्छ । यसबाहेक कागतीमा पाइने भिटामिन सीले शरीरलाई ऊर्जा र ताजगी प्रदान गर्न मद्दत गर्छ । यसले पाचन क्रियालाई पनि सुधार गर्छ र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ ।

दूध बेसार

दूधमा बेसार मिसाएर पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरमा फुलेको वा सुन्निएको कम गर्न मद्दत गर्छ । बिहान बेसार दूध पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दिनभर ऊर्जावान् महसुस हुन्छ । यसबाहेक पनि यो पेय छालामा निखार ल्याउन र मांसपेशीको थकान हटाउन उपयोगी छ ।

नरिवल पानी

नरिवलको पानी प्राकृतिक अनि कम क्यालोरी भएको पेय हो । यसले शरीरलाई स्फूर्ति त दिन्छ नै आवश्यक पानीको मात्रा पनि कायम राख्न मद्दत गर्छ । बिहान नरिवलको पानी पिउनाले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम हुन्छ र तुरुन्त ऊर्जा दिन्छ । यसमा पोटासियम र अन्य खनिजहरू पनि पाइन्छ, जसले दिनको राम्रो सुरुवात गर्न तपाईँलाई मद्दत गर्छ ।

हर्बल चिया

हर्बल चिया धेरै प्रकारका जडीबुटीहरूबाट बनाइएको हुन्छ । यसमा पुदिना, क्यामोमाइल, अदुवा, तुलसी आदि पनि हुन्छन् । यो क्याफिन मुक्त हुन्छ । यसको सेवनले शरीरलाई शान्ति र ताजापन प्रदान मिल्छ । बिहान अदुवा वा तुलसीको साथमा हर्बल चिया पिउँदा पाचन सुधार हुन्छ । शरीरले आवश्यक एन्टिअक्सिडेन्टहरू पनि पाउँछ । यसले मानसिक तनाव कम गर्न र दिनको सुरुवात राम्रोसँग गर्न मद्दत गर्छ ।

तपाईं कफी सेवनबाट ब्रेक लिन चाहनुहुन्छ वा केहि नयाँ पेय ट्राई गर्न चाहनुहुन्छ भने, यी छ पेयहरू तपाईंको लागि उत्कृष्ट विकल्प हुन सक्छन् । यी पेयले तपाईँको स्वास्थ्यमा सुधार त गर्छ नै दिनभर तपाईँलाई ऊर्जावान् पनि राख्छ । आफ्नो स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै, यी मध्ये कुनै एकलाई तपाईंको बिहानको दिनचर्याको हिस्सा बनाउन सक्नु हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
स्वास्थ्य

तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल

२०८१ आश्विन १, मंगलवार १८:०५
गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज
स्वास्थ्य

गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज

२०८१ आश्विन १, मंगलवार १८:०५
नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

२०८१ आश्विन १, मंगलवार १८:०५

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ आश्विन १, मंगलवार १८:०५
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ आश्विन १, मंगलवार १८:०५
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ आश्विन १, मंगलवार १८:०५
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ आश्विन १, मंगलवार १८:०५
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ आश्विन १, मंगलवार १८:०५
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ आश्विन १, मंगलवार १८:०५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व