सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसएसपी दिल्लीराज विष्ट सेवा निवृत

कञ्चनपुर – नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट सेवा निवृत भएका छन् । ३० वर्षे कार्यकाल पुरा गर्दै एसएसपी विष्ट १६ भदौ २०८१ मा सेवा निवृत भएका हुन । 

२०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विष्ट तीन दशकमा सेवा निवृत भएका छन । इप्रका, जिप्रका तत्तकालिन अञ्चल प्रहरी इन्चार्जको जिम्मेबार निर्वाह गरिसकेका एसएसपी विष्ट पछिल्लो एक वर्षदेखि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान तथा नियन्त्रण महाशाखा प्रमुखको रुपमा कार्यरत थिए । 

उत्कृष्ट कार्य सम्पादन गरे बापत एसएसपी विष्टलाई विगतमा पनि नेपाल प्रहरीले नगद पुरस्कारका साथै सम्मान प्रदान गरिएको थियो ।  २०७९ सालमा नेपाल प्रहरी प्रदेश कार्यालय (हाल नेपालगन्ज) को इन्चार्ज हुँदा पनि प्रदेश प्रहरी कार्यालय सुर्खेत र ०८० मा सुप प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत नगद पुरस्कारका साथै सम्मान पाएका थिए ।

तराई, पहाड र हिमाली जिल्ला, गाउँबस्तीहरूका कार्यालयको इन्चार्जको जिम्मेबारीमा रहेका बखत विष्टले अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कार्यमा मेहनतका साथ कार्य सम्पादन गर्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । 

Mahakali Polytechnic

आइतबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसी सहितका सिनियर जुनियरदेखि बिल्लादार प्रहरी जवानले मायाको चिनो दिदैँ सम्मान बिदाई गरेका छन । एसएसपी विष्टको सेवानिवृत समाजिक जीवनको समेत आम नागरिकबाट सद्भाव प्रकट गरिएको छ । समाजिक सञ्जाल मार्फत एसएसपी विष्टको सेवानिवृत जीवनको शुभकामना व्यक्त गरिएको छ ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds