कञ्चनपुर – भीमदत्त नगरका सटर भाडा दुरुपयोग भएको भन्दै बैद्य क्रान्तिकारी सूचना माग कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पाटीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सटर भाडामा दुरुपयोग भएको भन्दै नगरपालिकासँग सूचना माग गरिएको छ । सोमबार क्रान्तिकारी कम्युनिष्ट पाटीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सटर भाडामा दुरुपयोग भएको भन्दै नगरपालिकासँग सूचना माग गरिएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पाटीले माग गरेको सूचना अनुरूप नगरपालिकाका सटरमा भाडाका विषयमा केही सीमित व्यक्तिको मनपरी भएको गुनासो आएकाले पालिकाले त्यसमा नियमित नगरेको भन्दै भाडा सहित सटरको विवरण माग अघि सारेको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका सचिवालय सदस्य दिपेन्द्र ऐरले हस्ताक्षर गरेको मागमा शिघ्र सूचना उपलब्ध गराउन माग गरिएको छ।