सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा

आईसीसी च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा भएको छ । च्याम्पियन्स ट्रफीका लागि नजमुल होसेनको कप्तानीमा बङ्गलादेश क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा पूर्वकप्तान तथा स्टार अलराउन्डर शाकिब अल हसन परेका छैनन् । उच्चस्तरीय घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्धित शाकिब आफ्नो बलिङ एक्शनको दोस्रो परीक्षणमा पनि असफल भएका छन् ।

सन् २०१७ मा भएको पछिल्लो संस्करणमा बङ्गलादेश सेमिफाइनलसम्म पुगेको थियो । प्रतियोगितामा यो नै बङ्गलादेशको उत्कृष्ट प्रदर्शन थियो । बङ्गलादेशको टोलीका कप्तान होसेनसहित सौम्य सरकार, तन्जिद हसन, तहिद हृदोय, मुशफिकर रहिम, एमडी महमुदउल्लाह, जकेर अली अनिक, मेहदी हसन मिराज, रिहद होसेन, तस्किन अहमद, मुस्ताफिमर रहमान, प्रवेज होसै इमोन, नसुम अहमेद, नन्जिम हसन सकिब र नहिद राना छन् ।

नवौं संस्करणको च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ मा छ । बङ्गलादेशले फेब्रुअरी २० मा भारतसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds