सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन् ।

नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याट्सम्यान मल्लले सन् २००५ देखि १५ वर्षमुनिको उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गरेका थिए ।

यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०२३ मा जिम्बावेमा रहेको हरारे मैदानमा आईसीसी विश्व कप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेट खेले । सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

Mahakali Polytechnic

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ साल मंसिरसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए । तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट सङ्घ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

World Link Ads

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्व कप छनोट र यूएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए । पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए । उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८ सय ७६ रन बनाएका छन्।

Sana Kishan

यस्तै, ४५ टी–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्। उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds